शुक्रबार, फागुन २२, २०८२

च्यासलपछि ब्रिगेड बोइज क्लब पनि रेलिगेसनमा

च्यासल क्लब रेलिगेसनमा परेको अर्को दिन सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने अर्को क्लबको पनि टुंगो लागेको छ। सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्‍न खेलमा सातादोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड बोइज क्लब (बीबीसी) रेलिगेसनमा परेको हो।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं - च्यासल क्लब रेलिगेसनमा परेको अर्को दिन सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने अर्को क्लबको पनि टुंगो लागेको छ। सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्‍न खेलमा सातादोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड बोइज क्लब (बीबीसी) रेलिगेसनमा परेको हो।

यससँगै बीबीसीले ए डिभिजन लिगको यात्रामा पूर्णविराम लगाएको छ। उसले पुन ए डिभिजन खेल्न अब बि डिभिजन पार गरेर फर्किनु पर्नेछ। सोमबार दिउँसो दशरथरंगशालामा बीबीसीले ३–२ गोलको हार बेहोरेको थियो।

यता बीबीसीविरुद्ध सातादोबाटोलाई जित दिलाउन सातादोबाटोका दिपक राज सिंह ठकुरी, सुशिल राई र निरज चौधरीले गोल गरे। दिपकले खेलको आठौं मिनेटमा गोल गरेका थिए भने सुशिलले खेलको १३ औं मिनेटमा गोल गरे। तर खेलको १६ औं मिनेटमै बीबीसीका बेट्रान्ड इबोडे आट्टूले गोल गरेर २–१ को अवस्थामा पुर्‍याएका थिए।

सुरुबाटै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ २–१ मै सकिएको थियो। दोस्रो हाफको ५१ औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए। तर उसले सो बराबरी जोगाउन सकेन।

खेलको ८७ औं मिनेटमा निरले गोल गर्दै सातादोबाटोलाई जित दिलाए। अब अर्को सिजनको सहिद स्मारक ए डिभिजन लिगमा च्यासल र ब्रिगेड बोइज क्लब हुने छैनन्। त्यसको ठाउँमा बि डिभिजनको शीर्षस्थानमा रहेका दुई टिमले खेल्नेछन्।

kumari

प्रकाशित: Feb 21, 2022| 15:31 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।