शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिनिङ पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि अनुमाया र प्रिन्सलाई

लिनिङ पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि अनुमाया र प्रिन्सलाई

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन्। पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन्। अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन्।

प्रतियोगिताको पुरुष एकल ९उच्च १६ औं बरियता प्राप्त० मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका छन्। प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन्।

बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे। महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे।

यस्तै पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे। उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन्। बिजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे। यस्तै उपबिजयीले नगद १० हजार र तृतीयले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे।

kumari

पुरुषको उच्च १६ बरियता देखि बाहेककोमा कास्कीका बिधान अधिकारीले उपाधी उचाले। यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधी उचालिन्।

पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे। महिला तर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन्। बिजयी खेलाडीहरुले नगद १५ हजार र उपबिजयीले ८ हजार प्राप्त गरे। यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ४र४ हजार प्राप्त गरे।

मास्टर्स ४५ बर्ष माथिको खेलमा कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले बिजय हात पार्दै उपाधी सहित मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार प्राप्त गरे।

उक्त जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेका हुन्। श्रेष्ठ जोडीले उपबिजयी भए बापत मेडल ट्रफी प्रमाण पत्रका साथै नगद १० हजार प्राप्त गरे।

प्रतियोगितामा १० बिधामा प्रतिस्पर्धा भएको थियो। कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च गरेको आयोजकले जनाएको छ।

प्रकाशित: Feb 20, 2022| 21:24 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।