काठमाडौं- स्पोनिस फुटबल ला लिगामा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले उस्तै जित निकालेका छन्। शनिबार राति सम्पन्न खेलमा यी दुई क्लबले उस्तै जित निकालेका हुन्।
बर्नाबेउमा सम्पन्न खेलमा घरेलु टिम रिलयलले पाहुना टिम अलाभेसविरुद्ध ३–० को जित निकालेको हो। जितका लागि मार्को असेन्सियो, भिनिसियस जुनियर र करिम बेञ्जिमाले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीन गोल नै दोस्रो हाफमा भएका थिए।
त्यस्तै, ओसासुनाको मैदानमा सम्पन्न खेलमा भने पाहुनो टिम एट्लेटिको मड्रिडले घरेलु टिमविरुद्ध ३–० कै जित दर्ता गरेको छ। एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरियाले गोल गरे। फेलिक्सले खेलको चौथो मिनेटमै गोल गरेर पाहुना टिमलाई अग्रता दिलाएका थिए।
सुआरेज र कोरियाले दोस्रो हाफमा गोल गरे। गएरातिको खेलपछि ५७ अंकका साथ रियल शीर्षस्थानमा कायम छ भने दोस्रो स्थानको सेभियाको ५० अंक छ।
साबिक विजेता एट्लेटिको भने ४२ अंकका साथ चौथौँ स्थानमा छ। यता २३ खेल खेलेको बार्सिलोना छैटौं स्थानबाट माथि उक्लन संघर्ष गरिरहेको छ।