शुक्रबार, फागुन २२, २०८२

ला लिगामा मड्रिड क्लबको उस्ताउस्तै जित

स्पोनिस फुटबल ला लिगामा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले उस्तै जित निकालेका छन्। शनिबार राति सम्पन्न खेलमा यी दुई क्लबले उस्तै जित निकालेका हुन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- स्पोनिस फुटबल ला लिगामा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले उस्तै जित निकालेका छन्। शनिबार राति सम्पन्न खेलमा यी दुई क्लबले उस्तै जित निकालेका हुन्।

बर्नाबेउमा सम्पन्न खेलमा घरेलु टिम रिलयलले पाहुना टिम अलाभेसविरुद्ध ३–० को जित निकालेको हो। जितका लागि मार्को असेन्सियो, भिनिसियस जुनियर र करिम बेञ्जिमाले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीन गोल नै दोस्रो हाफमा भएका थिए।

त्यस्तै, ओसासुनाको मैदानमा सम्पन्न खेलमा भने पाहुनो टिम एट्लेटिको मड्रिडले घरेलु टिमविरुद्ध ३–० कै जित दर्ता गरेको छ। एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरियाले गोल गरे। फेलिक्सले खेलको चौथो मिनेटमै गोल गरेर पाहुना टिमलाई अग्रता दिलाएका थिए।

सुआरेज र कोरियाले दोस्रो हाफमा गोल गरे। गएरातिको खेलपछि ५७ अंकका साथ रियल शीर्षस्थानमा कायम छ भने दोस्रो स्थानको सेभियाको ५० अंक छ।

kumari

साबिक विजेता एट्लेटिको भने ४२ अंकका साथ चौथौँ स्थानमा छ। यता २३ खेल खेलेको बार्सिलोना छैटौं स्थानबाट माथि उक्लन संघर्ष गरिरहेको छ।

प्रकाशित: Feb 20, 2022| 09:05 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।