आइतबार, मंसिर ७, २०८२

ईपीएल : लिभरपुल र चेल्सीको जित, अर्को खेलमा सिटी पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुल, चेल्सी, साउथह्याम्टन र बर्नलीले जित निकाललेका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुल, चेल्सी, साउथह्याम्टन र बर्नलीले जित निकाललेका छन्। तर, ईपीएलको लिगलिडर म्यानचेस्टर सिटी भने टोटेनहमसँग पराजित भएको छ।

National life

शनिबार राति चेल्सीका हाकिमी जियाचले एकमात्र गोल गरेपछि उसले घरेलु टिम क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ। चेल्सीलाई जित दिलाउन जियाचले खेलको दुई मिनेट बाँकी रहँदा गोल गरेका थिए।

त्यस्तै, एनफिल्ड मैदानमा सम्पन्न खेलमा भने लिभरपुलले पाहुना टिम नर्विच सिटीलाई ३–१ गोलले हराएको छ। लिभरपुललाई जित दिलाउन साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे।

तर, पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७औं मिनेटमा राशिकाले गोल गर्दै नर्विचलाई सुरुआति अग्रता दिएका थिए। खेलको ६३औं मिनेटमा मानेले बराबरी गरेका थिए भने ६६औं मिनेटमा सलाहले अग्रता दिलाएका थिए।

शनिबारकै अर्को खेलमा भने म्यानचेस्टर सिटी टोटेनहमसँग ३–२ ले पराजित भएको। म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा सिटीका इल्के गुन्डोगन र रियादल महरेजेले गोल गरे पनि जित दिलाउन सकेनन्।

Laxmi sunrise bank
kumari

यी दुई टिमको नाटकीय खेलमा ९० मिनेटको गोलले खेलको निर्णय भएको थियो। टोटेनहम २–१ गोलले अघि रहेको अवस्थामा, ९० औं मिनेटमा महरेजले पेनाल्टीमा पाएको अवसरबाट सिटीका लागि गोल गर्दै बराबरी गरेका थिए।

तर, सोही मिनेटमा टोटेनहमका ह्यारी केले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि टोटेनहमलाई अग्रता दिलाए। यससँगै टोटेनहमले ३–२ गोलको जित निकाल्यो।

गएरातिकै अर्को खेलमा बर्नलीले ब्राइटोनलाई ३–० ले हराएको छ भने साउथह्याम्टनले एभर्टनमाथि २–० को जित निकालेको छ।

शनिबारको खेलपछि ईपीएलको अंकतालिका केही फेरबदल भएको छ। २६ खेल खेलेको सिटी ६३ अंकका साथ शीर्षस्थानमा कायम छ। समान २५–२५ खेल खेलेका लिभरपुल र चेल्सीको क्रमशः ५७ र ५० अंक छ। अहिले यी तीन क्लब लिगका उपाधि भिडन्तमा प्रतिस्पर्धा गरिरहेका छन्। यद्यपि चेल्सी केही पछि छ।

गएराति नाटकिय जित निकालेका टोटेनहम भने ३९ अंकका साथ सातौं स्थानमा छ। अहिले प्रिमियर लिगमा सबैभन्दा धेरै गोल मोहम्मद सलाहले गरेका छन्। उनले १७ गोल गर्दा १२ गोल गरेका डियागो जोटा दोस्रो स्थानमा छन्। दुवै खेलाडी लिभरपुलकै हुन्।

प्रकाशित: Feb 20, 2022| 08:55 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।