आइतबार, मंसिर ७, २०८२

लिग वानमा पीएसजी पराजित

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजी शनिबार राति पराजित भएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजी शनिबार राति पराजित भएको छ। लिग वानअन्तर्गत नान्टेसको मैदानमा सम्पन्न खेलमा पीएसजीले घरेलु टिमसँग ३-१ को हार बेहोरेको हो।

National life

खेलमा पीएसजीका लागि नेयमारले एकमात्र गोल फर्काए। उनले दोस्रो हाफमा गोल गरेका थिए। त्यसपछि खेलको ६०औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाए पनि नेयमारले गोल गर्न सकेनन्। यससँगै पीएसजीले पुनरागमनको अवसर गुमाएको हो।

त्यसअघि खेलका पाँचौँ मिनेटमै नान्टेसका कोलो मुनाईले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै, १७औं मिनेटमा क्वेन्टिन मेर्लिनले गोल गरे भने पहिले हाफको इन्ज्युरी समया लुडोविच ब्लासले तेस्रो गोल गरे। यो गोलसँगै पीएसजी पहिले हाफमै तीन गोलले पछि परेको थियो।

यता पहिलो हाफको अन्तिममा मिनेटमा डी अपाहाले पाएको रातो कार्ड भने रद्द गरिएको थियो। यससँगै घरेलु टिम १० खेलाडीमा समेटिनबाट जोगियो।

गएरातिको हारका बाबजुद पीएसजी ५९ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको मार्सेको ४६ अंक छ। नान्टेस भने ३८ अंकका साथ पाँचौँ स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 20, 2022| 08:15 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।