शुक्रबार, फागुन २२, २०८२

नेपालले आज फिलिपिन्सको सामना गर्दै

टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले आज फिलिपिन्सको मैदानमा हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो।

नेपालसहित ओमन र क्यानडा पनि भएको समूहमा फिलिपिन्स सबैभन्दा कमजोर टिम हो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ।

नेपालले पहिलो खेलमा ओमनलाई ३९ रनले हराइसकेको छ। ११८ रनको मध्य लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा सानदार बलिङ गर्दै ओमनलाई ७८ रनमा अलआउट गरेको थियो।

यता शुक्रबार नै सम्पन्न खेलमा क्यानडाले फिलिपिन्समाथि ११८ रनको सानदार जित निकालेको छ।

पहिलो दिनमा जित निकालेपछि क्यानडा तालिकाको शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। आज ओमनले क्यानडाको सामना गर्नेछ।

kumari

यो छनोट प्रतियोगितामा दुई समूह रहेका  छन्। नेपाल रहेको समूह बी हो भने समूह ए मा यूएई, आयरल्यान्ड,  जर्मनी र बहराइन रहेका छन्। दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलमा जित निकाल्ने टिम विश्वकपमा पुग्नेछ।

प्रकाशित: Feb 19, 2022| 08:45 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।