शुक्रबार, फागुन २२, २०८२

महिला मेयर कप फागुन १० बाट, यस्तो छ खेलतालिका

ललितपुर महिला मेयर कप राष्ट्रिय टी-२० महिला क्रिकेट प्रतियोगिता फागुन १० गतेबाट हुने भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- ललितपुर महिला मेयर कप राष्ट्रिय टी-२० महिला क्रिकेट प्रतियोगिता फागुन १० गतेबाट हुने भएको छ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिताको आज तालिकाका सार्वजनिक भएको हो।

प्रतियोगिताको पाँच टिमको सहभागिता रहने भएको छ। प्रधामनन्त्री कपको सेमिफाइनलमा पुगेका चार टिम र सेमिफाइनल पुग्न नसकेका टिमबाट उत्कृष्ट खेलाडी छनोट गरेर एक टिम तयार गरिनेछ।

यो प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको मैदानमा आगामी फागुन १६ गतेसम्म आयोजना हुने क्यानले जनाएको छ।

ललिपुर मेयर कपको उद्घाटन खेलमा ललितपुर मेयर ११ ले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ। प्रतियोगिताको पहिलो दिन नै हुने दोस्रो खेलमा भने प्रदेश १ ले नेपाल एपीएफको सामना गर्नेछ।

kumari

प्रतियोगिताको समूह चरणका खेल फागुन १४ गते सकिनेछ। सिंगल राउन्ड रोबिन शैलीमा हुने प्रतियोगिताको शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्।

प्रकाशित: Feb 18, 2022| 21:15 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।