आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ओमनविरुद्ध नेपालको सानदार जित, कमजोर ब्याटिङमा उत्कृष्ट बलिङ

ओमनविरुद्ध नेपालको सानदार जित, कमजोर ब्याटिङमा उत्कृष्ट बलिङ

नेपालले जित निकालेकोे खेलमा ओमनका सुरुआतका सात खेलाडीले त दोहोरो अंकमा रन बनाउनै सकेनन्। ओमनलाई अलआउट गने क्रममा नेपालका सबै बलरले विकेट गिराए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं– टी २० विश्वकपको ग्लोबल छनोटमा शुक्रबार दिउँसो नेपालले ओमनको सामना गर्दा ब्याटिङमा कमजोर देखियो। नेपाल मात्र होइन, ओमनले पनि राम्रो ब्याटिङ गर्न सकेन।

National life

नेपालले जित निकालेकोे खेलमा ओमनका सुरुआतका सात खेलाडीले त दोहोरो अंकमा रन बनाउन सकेनन्। ओमनलाई अलआउट गने क्रममा नेपालका सबै बलरले विकेट गिराए।

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको टी २० क्रिकेटमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाललले आयोजक ओमनलाई ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको ब्याटिङ लाइन पनि ओमनको भन्दा फरक रहेन। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ११७ रन बनाउँदै ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा ओमनले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३९ रनको हार व्यहोर्‍यो। ओमनले ७८ रन मात्र बनाएको थियो।

Laxmi sunrise bank
kumari

जितसँगै नेपालले ओमनमा विश्वकप छनौटको यात्रामा सुखद् सुरुआत गरेको छ। यो जितसँगै नेपाल समूह विजेताको प्रबल दाबेदार भएको छ।

ओमनविरुद्धको खेलको ओपनिङमा कुसल भुर्तेल र आशिफ शेख आएका थिए। पहिलो ओभरको अन्तिम बलमा ओमनका विलाल खानले नेपालको पहिलो विकेट गिराए। त्यतिबेला आसिफ दुई बलमा एक रन जोड्नै मैदानबाट बाहिरिए। त्यस्तै, तेस्रो ओभरको चौथो बलमा विशालले नै नेपाली अर्को ओपनर कुशल भुर्तेललाई पनि मैदान बाहिर पठाए।

दुवै ओपनर बाहिरिँदा नेपाल २.४ ओभरमा १२ रन बनाएर कमजोर अवस्थामा थियो। बाहिरिनुअघि कुशलले आठ बलमा पाँच रन जोडे।

त्यसपछि ब्याटिङमा रहेको ज्ञोनन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले केही ओभर टिक्ने लक्ष्य राखे पनि टिक्न सकेनन्। नवौं ओभरमा तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र पनि पेवेलियन फर्किए। उनलाई  फियाज बटले पेवेलियन फर्काएका थिए। ज्ञानेन्द्रले दुई चौकासहित १५ बलमा १५ रन बनाए।

त्यस्तै, दीपेन्द्र सिंह ऐरी पनि आठ ओभर तीन बलमा ११ रन बनाएँदै आउट भए। ऐरी आउट भएसँगै नेपाल अहिले नौ ओभरमा चार विकेट गुमाउँदै ४० रन बनाएर खराब अवस्थामा पुग्यो। तर विकेट झर्ने क्रम रोकिएन। 

दीपेन्द्र, जिसन मक्सुदको हातबाट आउट भएसँगै लोकेश बम र आसिफ शेखले ब्याटिङ सम्हाले। प्रधानमन्त्री कपमा हार्ड हिटरका रुपमा चिनिएका बमले १७ बलमा १६ रनको योगदान दिएका थिए। बमलाई आउट गराएका अवर अलीले विवेक यादव र कमल सिंह ऐरीलाई पनि मैदानबाहिर पठाएका थिए। विवेक र कमलले क्रमशः सात र एक रन बनाए।

नेपालका लागि आरिफ शेखले सर्वाधिक रन जोडे। उनले ३७ बलमा दुई चौकाको सहयोगमा अविजित ३७ रन बनाए भने सन्दिप लामिछानेले सात बलमा १६ रन बनाए।

समूह बीमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग खेलिरहेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पूग्नेछ।

ओमनका लागि खवर अलीले तीन विकेट लिए भने विलाल खानले दुई विकेट गिराए। फयाज बट र जिसम मक्सोदले समान १–१ विकेट लिए।

दोस्रो इनिङ

ओमनलाई नेपाली बलर सुरुमै भारी परे। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमनले एकपटक ८ ओभरमा ३५ रन बनाएर ६ विकेट गुमाएको थियो। त्यसपछि १८ बलमा २४ रन बनाएका नसिम खुसीले ओमनलाई राहत दिएका थिए। त्यसो त, नसिमबाहेक ओमनका कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कमल ऐरीले तीन विकेट गिराउँदा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए। त्यस्तै, जितेन्द्र मुखिया र अभिनाश बोहराले समान १–१ विकेट लिए। त्यस्तै, ओमनका जितेन्दर सिंह भने रनआउट भए।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको थियो। ७ ओभर ५ बलमा ३३ रन भएको अवस्थामा जिसम मक्सुद क्याचआउट भए। आठ बलमा दुई रन बनाएर मक्सुद आउट भए।

कमलले तेस्रो बलमै ओमनका काश्य प्रजापतिलाई आउट गराएका थिए। त्यो नेपालले लिएको पहिलो विकेट थियो। त्यस्तै, जितेन्द्रले ओमनका आयन खानलाई एक ओभर पाँच बलमा आउट गराए।

नेपालले यसअघि ओमनमै सम्पन्न चारदेशीय सिरिजमा पनि आयोजकविरुद्ध जित निकालेको थियो भने यूएई र आयरल्यान्डसँग हार बेहोरेको थियो। त्यसपछि नेपाली टिममा गुल्सन झा थपिएका थिए भने करण केसी बाहिरिएका थिए।

केसी पेटको चोटको कारण बाहिरिएका थिए भने सोमपाल पनि इन्ज्युरीका कारण टिममा छैनन्। चार देशीय सिरिजअघि प्रशिक्षक पुबुदु दाशानायकलदे नेपाली टिमको घोषणा गरेका थिए।

प्रकाशित: Feb 18, 2022| 14:56 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।