काठमाडौं– ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमलने दोस्रो ओभरको पाँचौ बलमा दोस्रो विकेट गुमाएको छ।
त्यस्तै, नेपालका दिपेन्द्र सिंह ऐरीले सिंगल ह्यान्ड क्याच गरेपछि स्ट्याम्पमा प्रहार गरेसँगै ओमनले उसको भरपर्दा ब्याट्स्मेन जितेन्दर सिंहलाई गुमाएको छ। जितेन्दरले १८ बलमा ९ रन बनाएर आउट भएका हुन्।
नेपलाका जितेन्द्र मुखियाको बलिङमा दिपेन्द्रले सानदार क्याच गर्दै ओमनको तेस्रो विकेट गिराएका हुन्। यो जितेन्द्रको दोस्रो विकेट हो।
त्यसअघि नेपालका बलर कमल सिंह ऐरीले पनि १ विकेट गिराएका हुन्। कमलले तेस्रो बलमै ओमनका काश्य प्रजापतिलाई आउट गराएका थिए।त्यस्तै, जितेन्द्रले ओमनका आयन खानलाई एक ओभर पाँच बलमा आउट गराएका हुन्। अहिले ओमन नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ।