काठमाडौं – ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमलने दोस्रो ओभरको पाँचौ बलमा दोस्रो विकेट गुमाएको छ।
नेपालका बलर कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान १–१ विकेट गिराएका हुन्। कमलले तेस्रो बलमै ओमनका काश्य प्रजापतिलाई आउट गराएका थिए।
त्यस्तै, जितेन्द्र मुखियाले ओमनका आयन खानलाई एक ओभर पाँच बलमा आउट गराएका हुन्। अहिले तेस्रो ओभर चलिरहेको छ।