काठमाडौं- ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको टी २० क्रिकेटमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाललले आयोजक ओमनलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा ११७ रन बनाउँदै ११८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। पहिलो ओभरको अन्तिम बलमा ओमनका विलाल खानले नेपालको पहिलो विकेट गिराए। त्यतिबेला आशिफ दुई बलमा एक रन जोड्नै मैदानबाट बाहिरिए। त्यस्तै, तेस्रो ओभरको चौथो बलमा विलालले नै नेपाली अर्को ओपनर कुशल भुर्तेललाई पनि मैदान बाहिर पठाए।
दुवै ओपनर बाहिरिँदा नेपाल २.४ ओभरमा १२ रन बनाएर कमजोर अवस्थामा थियो। बाहिरिनुअघि कुशलले आठ बलमा पाँच रन जोडे।
त्यसपछि ब्याटिङमा रहेको ज्ञोनन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले केही ओभर टिक्ने लक्ष्य राखे पनि टिक्न सकेनन्। नवौं ओभरमा तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र पनि पेवेलियन फर्किए। उनलाई फियाज बटले पेवेलियन फर्काएका थिए। ज्ञानेन्द्रले दुई चौकासहित १५ बलमा १५ रन बनाए।
त्यस्तै, दीपेन्द्र सिंह ऐरी पनि आठ ओभर तीन बलमा ११ रन बनाउँदै आउट भए। ऐरी आउट भएसँगै नेपाल अहिले नौ ओभरमा चार विकेट गुमाउँदै ४० रन बनाएर खराब अवस्थामा पुग्यो। तर विकेट झर्ने क्रम रोकिएन।
दीपेन्द्र जिसन मक्सोदको हातबाट आउट भएसँगै लोकेश बम र आशिफ शेखले ब्याटिङ सम्हाले। प्रधानमन्त्री कपमा हार्ड हिटरका रूपमा चिनिएका बमले १७ बलमा १६ रनको योगदान दिएका थिए। बमलाई आउट गराएका अवर अलीले विवेक यादव र कमल सिंह ऐरीलाई पनि मैदानबाहिर पठाएका थिए। विवेक र कमलले सात र एक रन बनाए।
नेपालका लागि आरिफ शेखले सर्वाधिक धेरै रन बनाए। उनले ३७ बलमा दुई चौकाको सहयोगमा अविजित ३७ रन बनाए। सन्दीप लामिछानेले सात बलमा १६ रन बनाए।
समूह बिमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग खेलिरहेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ।
ओमनका लागि खबर अलीले तीन विकेट लिए भने विलाल खानले एक विकेट गिराए। फयाज बट र जिसम मक्सोदले समान १–१ विकेट लिए।
नेपालले यसअघि ओमनमै सम्पन्न चारदेशीय सिरिजमा आयोजकविरुद्ध जित निकालेको थियो भने युएई र आयरल्यान्डसँग हार बेहोरेको थियो। त्यसपछि नेपाली टिममा गुल्सन झा थपिएका थिए भने करण केसी बाहिरिएका थिए।
केसी पेटको चोटको कारण बाहिरिएका थिए भने सोमपाल पनि इन्ज्युरीका कारण टिममा छैनन्। चार देशीय सिरिजअघि प्रशिक्षक पुबुदु दाशानायकलदे नेपाली टिमको घोषणा गरेका थिए।
नेपालको टिम
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल