आइतबार, जेठ १७, २०८३

नामाकरणको टुंग्याउन प्रदेश १ मा सर्वदलीय बैठक आह्वान

प्रदेश १ को नामाकरण टुंग्याउन प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ। आगामी १० फागुन मध्यान्ह १२:१५ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

विराटनगर- प्रदेश १ को नामाकरण टुंग्याउन प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ। आगामी १० फागुन मध्यान्ह १२:१५ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

National life

समन्वय एवं सहजीकरण गरेर नामको विषय टुंगोमा पुर्‍याउनलाई प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मा दिएको थियो।

यादव नेतृत्वको समन्वय एवं सहजीकरण समितिले सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईलेसमेत प्रदेशको नाम टुंगो लगाउन पहल गरिरहेका छन्। मुलुकका ७ प्रदेशमध्ये ६ वटाले नाम पाइसक्दा प्रदेश १ मात्र नामविहीन छ।

अहिलेसम्म प्रदेशले तीन मुख्यमन्त्री पाइसक्दा पनि नाम भने पाउन सकेको छैन।

प्रकाशित: Feb 18, 2022| 12:39 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।