काठमाडौं- नेपालले ओमनसँग चौथो विकेट पनि गुमाएको छ। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले नवौं ओभरमा चौथो विकेटका रूपमा ज्ञानेन्द्र मल्लालाई गुमाएको हो। ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो।
नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। पहिलो ओभरको अन्तिम बलमा ओमनका विलाल खानले नेपालको पहिलो विकेट गिराए। आशिफ दुई बलमा एक रन जोड्नै मैदानबाट बाहिरिए। त्यस्तै, तेस्रो ओभरको चौथो बलमा विलालले नै नेपाली अर्को ओपनर कुशल भुर्तेललाई पनि मैदान बाहिर पठाए।
दुवै ओपनर बाहिरिँदा नेपाल २.४ ओभरमा १२ रन बनाएर कमजोर अवस्थामा थियो। बाहिरिनुअघि कुशलले आठ बलमा पाँच रन जोडे। त्यसपछि मैदान पसेका ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन बनाए। अहिले दीपेन्द्र सिंह ऐरी पनि आठ ओभर तीन बलमा ११ रन बनाउँदै आउट भए। उनी आउट भएसँगै लोकेश बम र आशिफ शेखले ब्याटिङ गरिरहेका छन्।
नेपाल अहिले नौ ओभरमा चार विकेट गुमाउँदै ४० रन बनाएर खराब अवस्थामा छ।
समूह बिमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग खेलिरहेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी-२० विश्वकपमा पुग्नेछ।
नेपालको टिम
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल