काठमाडौं- ओमसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गिराएको छ। ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको खेलमा नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।
पहिलो ओभरको अन्तिम बलमा ओमनका विलाल खानले नेपालको विकेट गिराएका हुन्। नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। तर आसिफ दुई बलमा एक रन जोड्दै मैदानबाट बाहिरिए।
समूह बीमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग खेलिरहेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी-२० विश्वकपमा पुग्नेछ।
नेपालको टिम :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल रहेका छन्।