शुक्रबार, फागुन २२, २०८२

नेपालको खराब सुरुआत, पहिलो ओभरमै आशिफ शेख आउट

नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। तर आसिफ दुई बलमा एक रन जोड्दै मैदानबाट बाहिरिए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- ओमसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गिराएको छ। ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको खेलमा नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।

पहिलो ओभरको अन्तिम बलमा ओमनका विलाल खानले नेपालको विकेट गिराएका हुन्। नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। तर आसिफ दुई बलमा एक रन जोड्दै मैदानबाट बाहिरिए।

समूह बीमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग खेलिरहेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी-२० विश्वकपमा पुग्नेछ।

नेपालको टिम :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल रहेका छन्। 

kumari

प्रकाशित: Feb 18, 2022| 11:57 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।