आइतबार, जेठ १७, २०८३

सुन काण्डका अभियुक्त दुई लाख धरौटीमा छुटे

जिल्ला अदालत मोरङले उर्लाबारी–३ का ३९ वर्षीय सन्दीप खड्कालाई बिहीबार २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। खड्कालाई न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करीमा जोडिएका एक अभियुक्त धरौटीमा छाड्न आदेश दिएको छ। 

National life

जिल्ला अदालत मोरङले उर्लाबारी–३ का ३९ वर्षीय सन्दीप खड्कालाई बिहीबार २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। खड्कालाई न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। 

उनलाई प्रहरीले गत मंगलबार काठमाडौंको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याएको थियो। सरकारी वकिल कार्यालय मोरङले बुधबार पेस गरेका अभियुक्त खड्कासँग अदालतले आज नै बयान लिइएको थियो। 

बुढाथोकीका अनुसार अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको छ। खड्कालाई अब अदालतमा उपस्थित हुँदा विभागको पत्रसाथ आउनसमेत इजलासले आदेश दिइएको छ। 

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले गत असोज १९ गते गरेको थियो। त्यतिबेला पक्राउ परेका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश भरत लम्सालको इजलासले मुद्दाको फैसला गरेको हो। 

Shivam cement

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ। 

दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गतेसनमको हत्या गरेको हो। त्यसको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो।

प्रकाशित: Feb 17, 2022| 19:07 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।