शुक्रबार, फागुन २२, २०८२

दिवश र पूर्ण ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा

१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्‍वार्टरमा स्थान बनाएका हुन्। अब दिवशले पूर्णको सामना गर्नेछन्। पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरे।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ ११ औं पुष्पलाल स्मृती र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन्। 

१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्‍वार्टरमा स्थान बनाएका हुन्। अब दिवशले पूर्णको सामना गर्नेछन्। पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरे।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लब (नखिपोट सर्कल)को संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्नेमा सेनाका बिवेक चौधरी र ललितपुरका निखिल भट्ट रहेका छन्। चौधरीले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१३ र निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९, २१–१९ को समान अन्तरले पराजित गरे।

यस्तै साइनोका राजु थापा, सेनाका पविन लिनथेप, सेनाका आयुश्मान नागरी, कास्कीका भुगोल गुरुङ्ग, सेनाका हिमाल चन्द, कास्कीका बिधान अधिकारी, १६ फिदरका क्षितिज खनाल, सेनाका डेभिड थापा मगर, साईनोका सुजन थापा, सिल्क ग्रुपका कविर के सी, नेपाल पुलिसका हिरा राई तथा मोरङका भोजबहादुर गुरुङ अन्तिम १६ मा स्थान बनाए।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा इमाडोलका तिलकबहादुर बुढाथोकी र मुकुन्द थापाको जोडी अन्तिम ३२ को लागि छनौट भएका छन्।

kumari

अन्तिम ३२ मा छनौट हुने अर्को जोडीमा क्लब ७ का कर्ण बुढा र एण्डी क्षेत्री रहेका छन्। खोटाङका विशन खालिङ् र जीवन कुमार राईले पनि अन्तिम ३२ मा स्थान बनाए।

नखिपोटस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १७ एकलको प्रतिस्पर्धामा १६ फिदरका अमन महर्जन, गुल्मीका जनिश शेरचन, एनजेसी डल्लुका स्वयं मानन्धर तथा सुनसरीका रोधन राई अन्तिम ३२ मा स्थान बनाउन सफल भए।

यस्तै कैलालीका शिशिर रानाले कञ्‍चनपुरका आशिष खत्री, पाल्पाका संचार तिमल्सिना, कपिलबस्तुका राज बर्मा र भक्तपुरका बिवेक भट्टराईले भने वाकओभर प्राप्त गरे। यसैगर बाँकेका राजेश बि.सी., खोटाङ्गका सविन श्रेष्ठले पनि वाकओभर पाए।

प्रतियोगितामा सेनाका डेभिड थापामगर, कपिलबस्तुका अभय महरा, दाङ्गका अरुण अधिकारी तथा पाल्पाका सुरोज तिमल्सिनाले पनि अन्तिम ३२ को यात्रा तय गरे। 

प्रकाशित: Feb 17, 2022| 18:33 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।