शुक्रबार, फागुन २२, २०८२

ए डिभिजन लिगमा एपीएफले मनाङलाई हरायो, संकटामाथि एनआरटीको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम एपीएफले मनाङ मस्र्याङ्दीलाई ३–१ गोलले हराएको हो। एपीएफको जितमा आशिष लामा, मणि कुमार लामा र नविन लामाले समान १–१ गोल गरे।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ७६ औं र ७७ औं खेलमा एपीएफ र न्यु रोड टिम(एनआरटी) ले जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम एपीएफले मनाङ मर्स्याङ्दीलाई ३–१ गोलले हराएको हो। एपीएफको जितमा आशिष लामा, मणि कुमार लामा र नविन लामाले समान १–१ गोल गरे।

यता खेलको ३५ औं मिनेटमै गोल गर्दै मनाङ फरवार्ड अन्जन विष्टले अग्रता बनाएका थिए। तर उनले बनाएको अग्रता आशिषले पहिलो हाफमै तोडेका थिए। दोस्रो हाफमा एपीएफले दुई गोल थपेर जित निश्चित गरेको हो।

यो जितसँगै एपीएफले १४ अंक बनाएको छ। १४ अंकसँगै उसले एक स्थान सुधार गरेको छ। यता २० अंक बनाएको मनाङ भने दोस्रो स्थानमा कायम छ। तेस्रो स्थानको आर्मीले पनि बुधबार हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो।

यता, आजै सातादोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा संकटाविरुद्ध एनआरटीले जित निकलोको छ। चौथो स्थानका लागि प्रयास गरिरहेको न्यु रोड टिम आजको जितसँगै पाँचौ स्थानमा उक्लिएको छ।

kumari

यता पराजित संकटा क्लब भने १५ अंकका साथ छैटौं स्थानमा झरेको छ। यसअघि ऊ पाँचौ स्थानमा थियो।

आजको खेलमा मनाङले हार बेहोरेपछि लिगमा दोस्रो र तेस्रो स्थानको प्रतिस्पर्धा अब अझै रोमाञ्चक बनेको छ। लिग विजेता घोषित भइसकेको अवस्थामा दोस्रो र तेस्रो स्थानका लागि अहिले मनाङसँगै, आर्मी, थ्रीस्टार, न्यु रोड टिम र संकटा लडाईँमा छन्।

यता सातादोबाटोले पनि चौथौ स्थानमा लिग अन्त्य गर्ने लक्ष्य राखेको छ। यस्तोमा लिग रोमाञ्चक बन्दै गएको हो।

प्रकाशित: Feb 17, 2022| 18:28 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।