शुक्रबार, फागुन २२, २०८२

महिला लिगको पहिलो चरण चितवनमा र दोस्रो विराटनगरमा हुने

राष्ट्रिय महिला लिग २०७८ को दोस्रो चरणको खेल विराटनगरमा हुने भएको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– राष्ट्रिय महिला लिग २०७८ को दोस्रो चरणको खेल विराटनगरमा हुने भएको छ। आज बिहीबार एन्फा र विराटनगर महानगरपालिकाबीच दोस्रो चरणको खेल सञ्चालन गर्ने सम्झौता भएको हो।

सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार विराटनगर महानगरपालिकाले प्रतियोगिताको उत्कृष्ट पाँच टोली र प्लेयर अफ दि म्याचलाई कुल ४५ लाख रुपैयाँ पुरस्कार दिनेछ।

खेल विराटनगरको साहिद रंगशालामा हुनेछ । त्यस्तै, लिगको पहिलो राउन्डका सबै खेल चितवनमा हुने भएको छ। महिला लिगको खेल डबल राउन्ड रोबिन शैलिमा हुनेछ।

प्रतियोगिताको पहिलो लेगका खेल चौतको दोस्रो हप्ताबाट चितवनमा सुरु हुनेछन्। सम्झौता अनुसार जग्गाको मर्मत सम्भारको खर्च भरतपुर महानगरपालिकाले व्यहोर्ने छ। खेलहरू नगरको ७ र १९ वडाको मैदानमा हुने आयोजक एन्फाले जनाएको छ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

kumari

धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका गत वर्ष सम्पन्न डेपुटी मेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा पुगेर प्रतियोगिताको लागि छनोट भएका थिए।

प्रकाशित: Feb 17, 2022| 14:18 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।