काठमाडौं- कोलकत्तामा बुधबार सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजमाथि छ विकेटको जित निकालेको छ। भारत भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो खेलमा नै हार बेहोरेको हो। रोहित शर्मा र इशान किसनले ओपनिङमा नै सानदार पारी खेलेपछि भारतलाई जित सहज भएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १५७ रन बनाएको थियो। जवाफमा भारतले चार विकेट गुमाएर १५८ रनको लक्ष्य १६२ रन बनाएर पुरा गर्यो।
खेलमा वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन बनाए भने केलियन मयर्सले ३१ रनको योगदान दिए। भारतका हर्षल पटेल र रवी विश्नोइले समान २-२ विकेट गिराए।
जवाफमा रोहित शर्मा र इशान किसनले ६४ रनको साझेदारी गरेका थिए। जहाँ रोहित ४० रन बनाएर आउट भए। त्यस्तै इशान किसनले ३५ र सूर्यकुमार यादवले ३४ रनको योगदान दिए। यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ।