शुक्रबार, फागुन २२, २०८२

च्याम्पियन्स लिगमा लिभरपुलको जित, हारबाट जोगियो बायर्न

लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि अन्तिम १५ मिनेट बाँकी रहँदा लिभरपुलले दुई गोल गरेको हो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा लिभरपुलले जित निकालेको छ। इन्टर मिलानको सान सिरो रंगशालामा सम्पन्न खेलमा लिभरपुलले मिलानमाथि २-० गोलको जित निकालेको हो।

लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि अन्तिम १५ मिनेट बाँकी रहँदा लिभरपुलले दुई गोल गरेको हो। यससँगै लिभरपुलले पहिलो लेगेको खेलमा २-० ले अग्रता बनाएको छ।

बुधबार राति नै सम्पन्न अर्को खेलमा भने आरबी साल्जबर्गसँग बायर्न बराबरीमा रोकिएको छ। साल्जबर्गले २१ औं मिनेटमै बनाएको अग्रता जोगाउन नसकेपछि ऊ बराबरीमा रोकिएको हो।

खेलको २१औं मिनेटमा चुकवाबुइक एडमाउले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम मिनेटमा किंग्सले कोमनले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका थिए। च्याम्पियन्स लिगकै मंगलबार रातिको खेलमा पीएसजी र म्यानचेस्टर सिटीले पनि जित निकालेका थिए।

प्रकाशित: Feb 17, 2022| 08:10 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।