बिहीबार, कात्तिक २०, २०८२

काम चापले मन्त्रीको संख्या बढाउनुपर्‍यो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गरे। 

Kumaribank

'कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् (मन्त्री) र मन्त्रालयको संख्या बढाउनुपरेको हो,' मुख्यमन्त्रीले थपे, 'यसले खर्चमा वृद्धि भएपनि विगतको सरकारले ठूलो आर्थिक खाडल सिर्जना गरेको छ। त्यसलाई पुर्न महत्वपूर्ण योजना ल्या‍इँदैछ।'

सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०/१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याई प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने दाबी समेत गरे। 

मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाको भेलाबाट सर्वसम्मत् अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेशसभाको अधिवेशनबाट टुङ्ग्याउने विश्वास दिलाए। 

प्रकाशित: Feb 17, 2022| 06:05 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।