काठमाडौं– पाँचौं संकरणको पेप्सी ओपन गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ। आयोजक गोकर्ण रिसोर्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
सन् २०१६ बाट सुरु भएको प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ। तर पछिल्ला दुई वर्षमा भने कोभिड १९ को महामारीको प्रभावका कारण खेल हुन सकेन।
यो प्रतियोगिता १८ होलमा हुनेछ। महिला, पुरुष, सिनियर र जुनियर गरी ९६ गल्फर प्रतियोगिताको सहभागी बनेको आयोजकले जानकारी दिएको छ। एमेच्योर गल्फरका लागि मैदान तयार रहेको पनि आयोजकले बताएको छ।