शनिबार, मंसिर १३, २०८२

संघीयता जग बसाल्न सफल भयो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चार वर्षमा संघीयता जग बसाल्न सफल भएको बताएका छन।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ भालुवाङमा मंगलबार चौथौ स्थापना दिवस मनाएको छ।  दुई वटा मन्त्रालयको बोर्ड मात्रै टाँगिएको स्थायी राजधानीमा प्रदेश सरकारले स्थापना दिवस मनाएको हो। प्रदेश स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चार वर्षमा संघीयता जग बसाल्न सफल भएको बताएका छन। 

National life

मुख्यमन्त्री केसीले प्रदेश सरकारको चार वर्ष लुम्बिनीबासीका लागि उपलब्धीमुलक रहेको बताए। लुम्बिनी प्रदेशबासीको लागि चार वर्षको उपलब्धीमुलक वर्ष बनेको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभाकारी रुपमा अगाडि बढने बताए । 

लुम्बिनी प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री केसीको भनाई छ। उनले प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्यलगायत सबै पक्षको सुधारका लागि निरन्तर प्रतिवद्ध रहेकोसमेत बताएका छन्। शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताए। उनले शून्य संरचनाबाट सुरु भएको प्रदेशले आफूलाई स्थापित गरेकोसमेत बताए।

५७ जना विभूषित 

स्थापना दिवसका अवसरमा सरकारले ५७ जनालाई प्रदेश पदकबाट विभूषित गरेको छ। १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन्।

Laxmi sunrise bank
kumari


 


प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन्। प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादव, सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ। दुवैजना जनयुद्धका क्रममा मारिएका थिए। यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन्।

यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर क्षेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ। प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको छ। प्रदेश सरकारले स्थापना दिवसका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको थियो।


प्रकाशित: Feb 15, 2022| 19:37 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।