काठमाडौं- मनिष डाँगी मंगलबार दिउँसो ब्लु क्रस अस्पतालबाट डिस्चार्ज भए। अहिले उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको कारण उनलाई डिस्चार्ज गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का मेडिकल प्रतिनिधिले जनाएका छन्।
दशरथ रगंशालामा शनिबार दिउँसो दोस्रो हाफमा च्यासलका खेलाडीसँग ठोक्किएपछि मनिषको टाउकोमा चोट लागेको थियो। त्यो समयमा तत्कालै मैदानमा डाक्टर उपस्थित भएनन्।
साथै खेलपछि मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले व्यवस्थापनको लापरबाही भएको बताएका छन्। यही विषयलाई लिएर पछिल्लो समय एन्फाले आलोचना पनि बेहोरेको छ। आलोचनापछि त्यसको जवाफसहित स्पष्टिकरण दिन एन्फाले सोमबार पत्रकार सम्मलेनका आयोजना गरेको थियो।
दिउँसो साढे तीन बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक नै समयमा उपस्थित नभएपछि पत्रकार सम्मेलन स्थगित भएको थियो। र, एन्फाले आज पत्रकार सम्मेलन गर्दै यी विषमा स्पष्टिकरण दिएको छ।
मनिषको केसमा गलत सन्देश गयो : एन्फाका महासचिव इन्द्रमान तुलाधर
मनिष लडेको समयमा डाक्टर नै मैदानमा थिएनन् भन्ने विचारहरु आएका छन्। एन्फाले लापरवाही गर्यो भन्ने कुरा पनि सुन्यौँ। तर हामी सी डिभिजनदेखि नै खेलाडी र दर्शकको सेफ्टीको विषयमा गम्भीर छौं। हामीले सबै खेलाडीको बिमा गरेका छौं। खेलाडीका मुटुको चेक (ईसीजी) अनिवार्य गरेका छौं।
जारी प्रतियोगितामा पनि घटीमा दुई एम्बूलेन्स राखेका छौं। पहिलो एम्बुलेन्समा पनि (इएमटी) एक स्टाफ भएको छ। साथै ग्राउन्डमा एक एक डाक्टर रहन्छन्। हामीले क्लबमा पनि फिजियो अनिवार्य गरेका छौं।
डाक्टर राख्ने सन्दर्भमा र यसको पारदर्शीताका लागि हामीलाई फिफाबाट पनि जानकारी गराउ भन्ने चासो राखेको थियो। त्यसपछि हामीले टेन्डर निकालेको थियौं।
मनिषकै केसमा हेर्ने हो भने पनि २१ सेकन्डमा नै मेडिकल स्टाफले गएर सहयोग गरेको छ। मैदानमा पनि चार मेडिकल स्टाफ पुगेका छन्। तर पनि कहीँ कतै पछि परेका छौं कि भनेर हामीले आफ्नो मूल्यांकन गरिहेका छौं। इसारालाई रिपोर्ट बनाउन पनि भनेका छौं।
मनिष घाइते भएको दिन पनि डाक्टर रोशन खतिवडा रंगशालामा थिए। रेगुलेसनमा नै ६ डाक्टर राख्नु पर्छ। त्यो नगरी हामी खेलाउन सक्दैनौँ।
मनिषकै केसमा हेर्ने हो भने पनि २१ सेकन्डमा नै मेडिकल स्टाफले गएर सहयोग गरेको छ। मैदानमा पनि चार मेडिकल स्टाफ पुगेका छन्। तर पनि कहीँ कतै पछि परेका छौं कि भनेर हामीले आफ्नो मूल्यांकन गरिहेका छौं। इसारालाई रिपोर्ट बनाउन पनि भनेका छौं।
मैले मनिषको सबै परिवार र क्लबसँग भेटिसकेको छु। क्लबको अध्यक्षलाई पनि भेटेको छु। हामीले मेहेनेत गरिरहेका छौं। तर यो विषयमा स्पष्ट नहुँदा गलत सन्देश गएको छ। तर हामीले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेका छौँ। र, केही कमी भएमा हामी त्यसलाई सुधार गर्ने पक्षमा छौं। हामी हाम्रो मेडिकल टिमप्रति विश्वस्त छौं र, मेडिकल टिमले सबै कुरा ह्यान्डल गरेका छन्। र गर्न सक्छन्।
मनिषको सिभियर इन्ज्युरी थियो : नविना वैद्य श्रेष्ठ, फिजियोथेरापिस्ट एन्फा
मनिष मैदानमा जसरी लडे, यो घटना हुँदा उनीलाई श्वासप्रश्वासमा समस्या हुँदैन। यो विषयमा मेरो पूरा अनुभव थियो। मैले एएफसीको कोर्ष पनि गरेको छु। मैदानमा खेलाडीलाई कसरी उपचार गर्ने भन्ने मैलै त्यहाँबाट पनि सिकेको छु। मुटु र दिमागको इन्ज्युरी भएको शंका लाग्यो भने हामीले रेफ्रीको 'विसेल' पर्खिनु पर्दैन। सुरज (भुषाल) गएको पाँच-सात सेकेन्डमा म भित्र गएको थिएँ। त्यतिबेला मनिष मैदानमा ढलेका थिए। यो भनेको टाउकाको इन्ज्युरी हो भन्ने त उनी ढलेको प्रक्रियाबाटै थाहा हुन्छ।
मैदानमा खेलाडीलाई टाउकामा लाग्ने चोट तीन प्रकारका हुन्छन। पहिलो छालाको चोट, दोस्रो खप्परको चोट र तेस्रो भनेको दिमागमै लाग्ने चोट हो। त्यो हामीले मैदानमा नै डिटेक्ट गर्न सक्छौं। यो कुराले उसको घाउ कस्तो हो भन्ने डिफाइन गर्छ। र, मनिषको 'सिभियर इन्ज्युरी' थियो।
सिभियर इन्ज्युरी हो होइन भनेर प्रमाणित बडी पोस्चर हेरेर नै गर्न सकिन्छ। सिभियर भएको खेलाडीको बडी पोस्चर नै फरक हुन्छ। सामान्यतः हामी त्यसलाई ब्याड पोस्चर पनि भन्छौं।
दुई पटक ठोक्किँदा मनिषको दिमागमा चोट लाग्यो। दुई तरिकाले ठोक्किएपछि सिभियर इन्ज्युरी हो भन्ने भइसकेको थियो। ठोक्किएको आवाज पनि आएको थियो।
हामी सबैले देख्यौ, मनिष त्यतिबेला सामान्य अवस्थामा थिएनन्। त्यसैले सिभियर नै हो भन्ने पक्का भयो। अनि उनको आँखा निलो थिएन। आँखा निलो हुनु भनेको यसले हड्डी टुटे (खप्परको चोट, फ्राक्तर) केही छैन भनेर हेर्दा नै देखिन्थ्यो।
२८ प्रतिशत हेड इन्ज्युरी मान्छे खसेर हुन्छ। उनी पनि मैदानमा खसेका थिए। तथ्यांकले पनि त्यो देखाउँछ। मनिषको केसमा पनि त्यही भयो। उनी विपक्षी टिमको खेलाडीको हेडसँग पहिला ठोक्किएका हुन्। ल्यान्ड हुँदा पनि ठोक्किएको छ। काउन्टर तरिकाले ठोक्किएको छ। यसरी दुई पटक ठोक्किँदा उनको दिमागमा चोट लाग्यो। दुई तरिकाले ठोक्किएपछि सिभियर इन्ज्युरी हो भन्ने भइसकेको थियो। ठोक्किएको आवाज पनि आएको थियो।
यो प्रक्रिया हामीलाई फिफा र एएफसीले स्टेप बाई स्टेप सिकाएको छ। तर सीपीआर गर्यो भनेर हाम्रो आलोचना पनि भयो। तर यो सीपीआरको केस होइन। मुटुसम्बन्धी केहि समस्या होइन। यसरी ठोक्किएर खेलाडी मैदानमा ढलेको (नन् कन्ट्याक्ट इन्ज्युरी) चाहीँ मुटुसम्बन्धी समस्या हो।
टाउको फुटेपछि होस गुमाएर जिउ अरठ्ठ भएपछि मैदानमै खेलाडीले गर्नुपर्ने पहिलो कुरा गरिसकेका थिए। उनीहरुले मुख मनिषको मुख खोलेर उनको श्वासप्रश्वासका लागि सहयोग गरेका थिए। त्यो पहिलो र महत्वपूर्ण काम थियो।
सिभियर हुँदा के हुन्छ? र मनिषको उपाचार कसरी भयो?
म(नविना) मैदानमा पस्दा फिजियो सुरज भुषाल मैदानमा पुगिसक्नु भएको थियो। सबै खेलाडीले हामीलाई बाटो छोडिदिएका थिए। सुजलले सबै खेलाडीलाई बाहिरपट्टी व्यवस्थापन गर्न सहयोग गरेका थिए। त्यहाँ हामीलाई खेलाडीले सहयोग गरे। यो पहिलो स्टेप हो।
दोस्रो स्टेपमा चाहीँ हामी खेलाडीको अवलोकन गर्छौं। त्यसरी लड्दा कति होस् गुमाएको छ भन्नेबारे स्केल पनि हुन्छ। उनको चाहिँ जिब्रो भित्र गएर भित्रि मुखको एक भागपट्टी टाँस्सिएको थियो।
नाक मुख र कानबाट रगत बगेको वा सेतो तरल पदार्थ आएको छ कि छैन भनेर हेर्यौं। सो नभएपछि टाउको भित्र रगत जमेको छैन भन्ने हो। त्यसपछि हामीले उनलाई उत्तानो पारेर स्टेबलाइज गरेर राख्यौं। उनको स्पाइनलमा पनि समस्या थिएन। भएको भए पिसाब हुन्थ्यो। उनलाई पिसाब भएको थिएन।
अर्को हेर्ने भनेको– एभीपीयू भन्ने हुन्छ। त्यो भनेको बोलाउँदा रेस्पोन्स गर्नु-नगर्नु भन्ने हो। मनिषलाई बोलाउँदा उनले प्रतिक्रिया दिएको वा नदिएको भन्ने आधारमा त्यो चेक गरिन्छ। त्यहाँ मनिषले प्रतिक्रिया दिइरहेको थिएनन्। चेतनाको स्तर छैन भन्ने थाहा भयो।
उनी अनरेस्पोन्सिभ अवस्थामा भएपछि त्यसको स्तर परीक्षण गर्नुपर्ने हुन्छ। यसमा १५ देखि तीनसम्म स्कोर हुन्छ। झन्डै ब्रेन डेड भएको अवस्थामा तीन अंक हुन्छ। उनले कसैको स्वरको रेस्पोन्स गरेका थिएनन्। त्यसमा उनको अवस्था तीन अंकको मात्र थियो।
उनले आँखा खोलेको पनि थिएनन्। त्यो भएपछि उनले तीनबाट घटेर एक अंक मात्र पाएका थिए। त्यसपछि मोटा रेस्पोन्स टेस्ट गरिन्छ। इन्ज्युरी कति गहिरो छ भन्ने यसले निर्धारण गर्छ। त्यसमा मैले हात उठाउ भन्दा उनले उठाउन सक्यो भने पूर्णाकं ६ पाउँछन्। तर उनले हात उठाएनन्। हात उठाएको भए ६ अंक हुन्थ्यो। तर भएन। त्यो भनेको सिभियर प्रमाणित भएको थियो।
त्यसपछि हामीले श्वासप्रश्वास र रक्तसञ्चार चेक गर्नुपर्ने थियो। अब सोच्नु पर्ने कुरा यहाँ आउँछ, हाम्रो दिमागले कहिलेसम्म काम गर्छ भन्दा जबसम्म उनले अक्सिनजन पाउँछ। अक्सिजन तीन मिनेटसम्म पाएन भने मानिसको मृत्यु हुन्छ। हाइपोअक्सि ब्रेन ड्यामेज भनिन्छ, त्यो प्रकृयालाई।
त्यतिबेला म(नविना) मनिषको हेडको साइडमा थिएँ। सुरज भुषाल सहयोगको लागि अनुरोध गरिरहेका थिए। उनले सीपीआर सुरु गरेका हुन्। हाइपोअक्सी ब्रेन ड्यामेज वा हाइपर टेन्सन नहोस् भन्नका लागि मैले सीपीआर पनि रोक्न लगाइन।
त्यतिबेला म टाउकोपट्टीको साइडमा भएको कारण मेरो काम स्पाइनललाई बिग्रिन नदिने भन्ने थियो। दिमागले काम गरेको अवस्थामा मात्र नाकले श्वास फेर्छ, मैले त्यो हेरिरहेको थिएँ। खेलाडीले चाहीँ मुखबाट श्वासप्रश्वासका लागि सहयोग गरेका थिए।
मनिषको होस आएपछि मात्र डाक्टर मैदानमा पुगेका थिए। हुन त डाक्टर खेलको सुरुमा वा ब्रेक समयमा पनि बाथरुम जान सक्थे। तर उनी खेल हुँदाहँदै बाथरुम जानु गल्ती थियो भनेर पनि उनको आलोचना भइरहेको छ। यता रोशन एन्फाका डाक्टर पनि होइनन्।
उनले मुख बन्द गरेको बेलामा जिब्रो पछाडी सरेर स्वासनली बन्द भएको अवस्था थियो। मुख ठाडो पारेर जिब्रो ठिक ठाउँमा ल्याएपछि उनको श्वासप्रश्वास लगातार भएको थियो।
त्यो अवस्था हेन्डल गर्दै गर्दा मुटुको धड्कन घटेको पनि अवस्था हुन्छ। त्यसैले सीपीआर नरोकेको मात्र हो। यद्यपि सिपीआर डाक्टरको सल्लाहमा मात्र दिन पाइन्छ। हामीले घटना भएको तीन मिनेटमा नै उनलाई होसमा ल्याएर आएका थियौं। यस्तो टिमवर्कले हामीले उनलाई सकुसल बनाएको हो।
त्यसपछि उनी ठिक भए। खेलाडी ब्यूँतिए। त्यसपछि एम्बुलेन्समा मैले ‘खेल खेलको थिएँ र?,’ उनले भने। उनको इमिडिएट मेमोरी लस भएको थियो।
यसरी धेरै समय होस गुमाएको सेकेन्डरी इन्ज्युरी हुन्छ। त्यसपछि उनलाई यताउता सार्दा झट्झट् गर्न हुँदैन। त्यसैले उनको हेडलाई हल्लाउन दिनु हुँदैन थियो। सुरक्षित गरेर हामीले एम्बुलेन्समा राखेका थियौँ।
त्यो प्रक्रिया मिस भएमा स्पाइनल इन्ज्युरी हुन्छ। उनलाई स्पाइनल इन्ज्युरीबाट बचाउनका लागि मैले दुई हातले उनको टाउको समातेर सुरक्षितसाथ एम्बुलेन्समा हाल्यौँ।
यति ध्यान दिएर हामीले उपचार गर्यौं। तर नराम्रो व्यवस्थापन भन्ने खबरहरु आए, त्यसले दु:ख लागेको छ। त्यतिबेला पाँच जना मेडिकल सहयोगी मैदामा पुगेका थिए। तर हामीसँग ड्रेस थिएन।
अस्पतालमा हामीले कार्डियो र इसीजी चेक गर्यौं। सबै सामान्य देखिए। उनी सामान्य थिए। मनिषले ममीलाई पनि चिने। ४८ घण्टाको अब्जरभेसनपछि उनी डिस्चार्ज भएका हुन्।
अब एक हप्तापछि उनलाई सबै घटना याद छ वा छैन, उनले सामान्य आक्यू समाधान गर्न सक्छन् वा सक्दैनन भन्ने टेस्ट गरेपछि उनी कहिले मैदान फर्किने भन्ने कुराको टुंगो लाग्छ। अहिले उनको टाउकामा दुई टाँचा लगाइएको छ। त्यो सामान्य दुखाइबाहेक उनलाई बाँकी चोट छैन।
कता थिए डाक्टर?
नविना फिजियो थेरापिस्ट हुन्। डाक्टरको लागि एन्फाले इसारालाई जिम्मा दिएको छ। मनिष घाइते भएको दिन पनि डाक्टर रोशन खतिवडा मैदानमा उपस्थित थिए।
खेल चल्दै गर्दा, उनी बाथरुम गए। रोशनले आफू बाथरुम गएर आउने नविनालाई जानकारी गराएर उनी त्यता लागे। ‘म बाथरुम गएर आउँछु, तपाईँ हेर्दै गर्नुहोला’ भनेको नविना बनाउँछन्। तर रोशन गएको केही समयमै मैदानमा दुई खेलाडी जुधे। मनिष त्यतिबेलै लडेका थिए। रोशन बाथरुम जानु र मनिष लड्नु एकैपटक भएको थियो।
त्यसैले उनी समयै उपस्थित हुन सकेनन्। नविना मैदानमा दौडिँदा पनि डाक्टर भन्दै चिच्याइरहेकी थिइन्। साथै उनले स्ट्रेचर लिएर बसेका सहयोगीलाई पनि सँगै सहयोग माग्दै दौडिँदै मैदान गएकी थिइन्।
पछि मनिषको होस आएपछि मात्र डाक्टर मैदानमा पुगेका थिए। हुन त डाक्टर खेलको सुरुमा वा ब्रेक समयमा पनि बाथरुम जान सक्थे। तर उनी खेल हुँदाहँदै बाथरुम जानु गल्ती थियो भनेर पनि उनको आलोचना भइरहेको छ। यता रोशन एन्फाका डाक्टर पनि होइनन्।
खेलको बीचमा बहिर जानु डाक्टरको उत्तरदायित्वभन्दा बाहिरको कुरा हो कि होइन भन्ने अर्को प्रश्न चाहिँ खडा भएको छ। त्यसैले अहिले एन्फाले इसारालाई त्यो दिनको घटनाबारे स्पष्टिकरणको माग गरेको छ।
अब स्पष्टिकरण आएपछि अर्को वर्षको लागि सम्झौता नविकरण गर्ने वा नगर्ने भन्ने निर्णय लिने एन्फा महासचिव इन्द्रमान तुलाधर बताउँछन्। इसाराको डाक्टर आए पनि एन्फाले थप सुविधाको लागि आफ्नो फिजियोथेरापिस्ट उपलब्ध गराएको महासचिव तुलाधर बताउँछन्।
कहीँ गल्तीको भएको भए नैतिक जिम्मेवारी लिन्छु : विज्ञानराज शर्मा, लिग संयोजक
हामीले सक्दो गरेका छौं। त्यसका बाबजुद केही गल्ती भएको भए त्यसको नैतिक जिम्मेवारी म लिन्छ। डाक्टरको एब्सेन्स हुँदा पनि जीवन रक्षा भएको छ। डाक्टरको उपस्थित भएको भए अझै राम्रो हुन्थ्यो भन्ने मात्र हो। अरु इस्यू छैनन्।
उसको सम्बन्धमा डिटेल बुझ्न एन्फाले इसारालाई लेखेर पठाएको छ। हामीले गंगालाल अस्पतालसँग सहयोग मागेर हामीले खेलाडीको शरीरको चेक गर्छौं। अब बी डिभिजन सुरु हुनुअघि पनि एक दिनको बेसिक लाइफ सपोर्ट ट्रेनिङ दिइनेछ।