शुक्रबार, फागुन २२, २०८२

आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो नेपालले

नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं– नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। ओमनमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको हो। 

अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल पनि हो। 

यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ। अहिले तीनमध्ये २ खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अंक जोडेको छ। 

यता एक–एक खेलमा जित हात पारेको आयरल्यान्ड, ओमान र नेपाल समान दुई–दुई अंकसहित नेट रनरेटको आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।

प्रकाशित: Feb 14, 2022| 15:50 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।