शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • माधव नेपालको पार्टीका कार्यकर्ताद्वारा एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

माधव नेपालको पार्टीका कार्यकर्ताद्वारा एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन

सत्ता साझेदार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले रुपन्देहीमा एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ। एकीकृत समाजवादीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरेका हुन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

बुटवल- सत्ता साझेदार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले रुपन्देहीमा एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ। एकीकृत समाजवादीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै बुटवलमा विरोध प्रदर्शन गरेका हुन्। 

National life

एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए। 

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए। उनले सम्झौता लागु गराउन अमेरिकाले नेताहरुलाई धम्की दिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए। उनले आफूहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए। 

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थपाले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमति नगरिकन सदनमा लैजानै नहुने अडान लिए।

विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिव कृष्ण थापा, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसीसी परियोजना खारेज गर्न माग गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 13, 2022| 17:57 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।