सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'प्रचण्डको दोहोरो भूमिकाका कारण एमसीसी गिजोलियो'

नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले एमसीसीलाई गिजोल्ने काम गरेको टिप्पणी गरेका छन्।
 |  आइतबार, माघ २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

बुटवल– नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले एमसीसीलाई गिजोल्ने काम गरेको टिप्पणी गरेका छन्। २९ सेप्टेम्बार २०२१ मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एमसीसी स्वीकार गर्ने गरी लेखेको पत्रले सत्ता गठबन्धन एमसीसीलाई गिजोल्न उद्यत भएको स्पष्ट हुने उनको भनाइ छ। 

triton college

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले एमसीसीबारे सत्तागठबन्धनले स्वीकार गर्ने या अस्वीकार गर्ने भनेर स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो भूमिकाले समस्या सिर्जना गरेको बताए। ८ वर्ष लगाएर नेपाल आफैंले छनोट गरेको परियोजना भएको बताउँदै एमसीसीबारे पहिला सरकारले धारणा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘एमसीसी पारितका लागि आवश्यक मत मत सरकारसँग छ, हामीले चाहेर पनि पारित हुने होइन,’ ज्ञवालीले भने, ‘सदनमा एमसीसी नल्याउँदासम्म हामी बोल्दैनौं।’ उनले माओवादीका अध्यक्ष प्रचण्डलाई अमेरिकातर्फ फर्कंदा एउटा र नेपाल फर्कंदा अर्को कुरा नगर्न समेत सुझाव दिए। 

उनले एमसीसीको विषयमा सत्तागठबन्धनको भूमिकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वास कमजोर बनेको बताए। ‘सरकारले जहाँ एमसीसी ल्याउनुपर्ने हो, त्यहाँ ल्याउनुपर्यो,’ उनले भने। उनले केपी ओलीको सरकारले अन्तर्राष्ट्रिय समझदारीलाई कार्यान्वयन गर्न इमान्दारिता देखाउन खोजेको बताए। 

उपमहासचिव ज्ञवालीले सभामुखले सहमतिका सबै ढोका बन्द गराएको आरोप लगाए। सभामुखले एमालेले कारवाही गरेका सांसदलाई कारवाही नगरी दलीय व्यवस्थाकै धज्जी उडाएको ज्ञवालीले बताए। सभामुखले दलीय व्यवस्था स्थापित गर्ने हो भने कारवाहीको सूचना निकाल्नुपर्ने उनको माग छ। ‘कारवाही नभए पनि सूची निकाल्ने, सार्वजनिक रुपमा क्षमायाचना गर्ने, सर्वोच्चबाट छिटो फैसला गराउने, यो पनि नभए मार्गप्रशस्त गरे हामी संसद् चल्न दिन्छौं,’ ज्ञवालीले भने। उनले संसद् चलाउन सभामुख नै जिम्मेवार हुनुपर्ने बताए। 

Metro Mart
vianet

नेता ज्ञवालीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा विवाद गर्न आवश्यक नै नरहेको बताए। उनले प्रदेश र प्रदेशसभा रिक्त रहन सक्ने भए पनि स्थानीय तह त्यसो हुन नहुने गरी संविधानमा स्पष्ट व्याख्या रहेको बताए। ‘संघीय र प्रदेशमा व्यवस्थापिकाले सरकार बनाउने हो, स्थानीय तहमा पहिला कार्यपालिका बनेपछि व्यवस्थापिका बन्छ,’ उनले भने, ‘यसमा विवाद गर्न जरुरी छैन।’ 

उनले एमालेको दबाबका कारण जेठ ४ मा सत्ताग ठबन्धनले चुनाव गराउने भने पनि मिति घोषणा नभएकाले आशंका रहेको बताए। ‘ केही साथीहरुले भन्न त एमालेलाई बत्ती बालेर खोज्नुपर्छ भनेर भाषण गरेको सुनिन्छ, तर वर्तमान सरकार र ती साथीहरु भने छालाका जुत्ता पानी देखेर डराए जस्तै गरिरहरनुभएको छ,’ उनले भने।

प्रकाशित: Feb 06, 2022| 15:10 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।