आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पाइला-पाइलामा ठगिन्छन् जनकपुरधामका अस्पतालमा उपचार गराउनेहरु

पाइला-पाइलामा ठगिन्छन् जनकपुरधामका अस्पतालमा उपचार गराउनेहरु

अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको एक लाख दस हजार रुपैया बिल तिर्नुस् अनि मात्रै बच्चा लग्‍न दिन्छु भनेपछि विवाद सुरु भयो।
 |  शनिबार, माघ २२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, माघ २२, २०७८

जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाममा दर्जनौं निजी अस्पतालहरु छन्। ती अस्पतालहरु आधुनिक तथा सुविधाजनक उपचार गर्दै आएको दाबी त गर्छन्, तर पछिल्ला केही घटनाहरुले जनकपुरधामका अस्पतालहरु बिरामीका लागि सुरक्षित नरहेको देखाउँछ। यहाँ उपचार गराउन आउनेहरुलाई निजी अस्पतालहरुदेखि औषधी पसलहरुसम्मले पाइला-पाइलामा ठगी गर्ने गरेका छन्। 

triton college

यसै क्रममा जनकपुरधामको विशिष्ट अस्पतालको रुपमा दाबी गरिँदै आएको काव्या अस्तालले बिरामीलाई ठगेको घटना उजगार भएको छ। धनुषाको सहिदनगर नगरपालिका-१ का ३६ वर्षीय उमेश यादवलाई माघ १८ गते साँझ गाउँकै मनोज यादवको ट्याक्टरले ठक्कर दियो। ठक्करले सामान्य चोटपटक लागेका उमेशलाई ट्याक्टर धनी आफैंले तत्कालै उपचार गराउन जनकपुरधामस्थित काव्या अस्पताल पुर्‍याए।

अस्पताल भर्ना हुनेबित्तिकै स्वास्थ्यकर्मीले काउन्टरमा रु ८ हजार जम्मा गर्न र जानकी सिटी स्क्यान सेन्टरमा रु ५ हजार लिएर जान भने। तर, मनोजका भाईले आफ्नो साथीकै सिटी स्क्यान भएकाले त्यहीं गराउने बताएपछि अस्पतालका स्वास्थ्यकर्मीले रिपोर्ट ल्याउन लगाए। 

सिटी स्क्यानको रिपोर्ट आएपछि चिकित्सकले ल्याब जाँच गराउन भने। ‘मेरो भाईलाई ल्याब सञ्‍चालन गर्ने व्यक्ति पनि चिनजानकै भएकाले आफैं गराएर ल्याउँछु भन्दा अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले त्यो बाहिर गराउन नमिल्ने बताए,’ मनोज भन्छन्, ‘सिंहले रु ४ हजारमै यहीँ जाँच हुन्छ भनेपछि हामी पनि त्यहीँ गराउन तयार भयौं।’

बनाइएको प्यान बिल अनुसार पनि रकम तिर्नुपर्ने हो भने मनोजलाई रु २० हजार १ सय ५० मात्रै तिर्नुपर्ने हुन्छ। तर बिलमा जम्मा रकम २२ हजार ८ सय ५० उल्लेख गरेर रकम अस्पतालले लिएको छ।
ल्याब जाँचको रिपोर्ट आएपछि चिकित्सकले खासै केही नभएको र २४ घण्टापछि घर लान सकिने बताए। ‘भोलिपल्ट बुधबार चिकित्सकले नै बिल तिरेर घर लान भने,’ मनोज भन्छन्, ‘कति बिल बनेको होला भनेर सोधेपछि कर्मचारीले त्यहीं १३-१४ हजार होला भने।’

आफूसँग तत्कालै पैसा नभएकाले घरबाट लिएर आएपछि अस्पतालले रु २३ हजार तिर्न भनेको मनोजले बताए। ‘कसरी २३ हजार पुग्यो त ? भनेर सोध्दा सिंहले पहिला पैसा दिनुस् अनि भन्छु भने,’ मनोज भन्छन्, ‘त्यसपछि बिल भने ११ हजार २ सयको मात्रै तयार मलाई दिए।’

corrent noodles
Metro Mart

बिल ११ हजार २ सयको मात्रै दिने अनि २३ हजार कसरी भयो?, अनि बिल पनि प्यानबाला दिनुपर्‍यो भनेपछि रु २२ हजार ८ सय ५० को अर्को बिल आफूलाई दिएको मनोजले बताए।

मनोजलाई काव्या अस्पतालले उपलब्ध गराएको रु २२ हजार ८ सय ५० को बिलमा जथाभावी खर्च देखाएको पाइएको छ। बिलमा दुई पटक एडमिसन चार्ज नै उल्लेख गरेर रु ५ सय थप रकम जोडिएको छ।

चिकित्सक हेर्न आउँदा रु १ हजार, राति फोन मार्फत् चिकित्सक बोलाउँदा रु १५ सय जोडिएको छ। यसबाहेक ल्याब जाँचको रु ११ हजार ६ सय ५० जोडिएको छ। जबकी पहिला उपलब्ध गराइएको बिलमा यो रकम उल्लेख नै थिएन्।

‘४ हजारमा ल्याब टेस्ट हुन्छ भनेपछि गराएका हौं,’ मनोजले भने, ‘तर ११ हजार ६५० लिइएको रहेछ।’

हुँदै नभएको खर्च आफू दिन नमान्दा डर, त्रास देखाएको मनोजको भनाई छ। ‘मलाई अस्पतालकै मान्छे बताउने दीपु यादव भन्नेले पैसा दिनुस् नभए ठीक हुँदैन् भनेपछि मैले रकम तिरेँ,’ मनोजले भने।

बनाइएको प्यान बिल अनुसार पनि रकम तिर्नुपर्ने हो भने मनोजलाई रु २० हजार १ सय ५० मात्रै तिर्नुपर्ने हुन्छ। तर बिलमा जम्मा रकम २२ हजार ८ सय ५० उल्लेख गरेर रकम अस्पतालले लिएको छ।

‘डर, त्रासका कारण तत्कालै २२ हजार रकम तिरेर बिल लिई घर गएर जोड्दा त्यत्ति रकम पुगेन,’ मनोज भन्छन्, ‘यो अस्पतालले देखादेखि मसँग ठगी गरेको छ।’

अस्पतालकै चिकित्सकले केही नभएको बताउनु र अस्पतालले २२ हजारको बिल दिनु अन्याय हो,’ मनोज भन्छन्, ‘झन डर देखाएर पैसा असुली गर्नेलाई के भन्‍ने?’

उनले सामान्य चोट लागेका व्यक्तिलाई २२ हजार अस्पतालले लिनु र ५ हजार सिटी स्क्यान गर्न लगाएर काव्या अस्पतालले आफ्नो ढाड सेकेको बताए।

अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको एक लाख दस हजार रुपैया बिल तिर्नुस् अनि मात्रै बच्चा लग्‍न दिन्छु भनेपछि विवाद सुरु भयो।

अस्पतालले भने बिरामीसँग बढी रकम नलिएको दाबी गरेको छ। अस्पतालका प्रशासकीय अधिकृत सन्तोष सिंहले दुई पटक एडमिसन चार्ज उल्लेख हुनु त्रुटी भएको बताए। एक ठाउँमा बेड चार्ज रु २ हजार ५ सय उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै दोहोरिएकाले यस्तो हुन गएको बताए।

उनले प्यान बिलमा रु २५ सय बेड चार्ज उल्लेख गर्नुपर्नेमा एडमिसन चार्ज नै उल्लेख गरेको बताए पनि पहिलो बिलमा बेड चार्ज २ दिनको रु ३२ सय उल्लेख गरिएको छ। आफूहरुले बिरामीसँग कुनै बढी रकम नलिएको दाबी समेत उनले गरे।

जनकपुरधाममा यसरी बिरामीलाई ठग्‍ने कुनै नौलो विषय होइन। केही दिनअघि चिकित्सककै लापरवाहीले एक निजी अस्पतालमा नवजात शिशुको ज्यान गएको थियो।

प्रसव पीडा बढ्दै गएपछि गत माघ १३ गते नै आशिकले आफ्ना गर्भवती श्रीमति अमृता देवी साहलाई दिउँसो करिब १२ बजेतिर जनकपुरधामकै तराई राजधानी अस्पतालमा भर्ना गराएका थिए। अस्पतालका डाक्टर गंगा प्रसाद यादवले नर्मल डिलेभरी हुँदैन अपरेशन गर्नुपर्छ भनी अपरेशन गरिदिए।

अपरेशनपछि ३ किलो २ सय ग्राम वजनको स्वस्थ्य बच्चा पनि जन्मियो, दिनभरि ठिक भएको बताइयो। साँझ पख भने बच्चाले गर्भमै फोहोर खाइसकेको भन्दै भेन्टिलेटरसहितको एनआईसीयूमा राखिदियो। बच्चाका बुवा आशिक सहितका अभिभावकले बच्चाको अवस्था राम्रो छैन भने बाहिर लग्‍ने पटक-पटक आग्रह गर्दा चिकित्सक गंगा यादव र अस्पतालका प्रबन्धक विकास चौधरीले यही ठिक हुने भन्दै माघ १४ र १५ गते दिउँसोसम्म उपचार गरे।

बच्चाको अवस्था झन बिग्रिँदै गएपछि बच्चाका अभिभावकसँग कुनै छलफल वा सोधपुछ नै नगरी शनिबार दिउंसो ५ बजे अस्पताल व्यवस्थापकले आफैं एम्बुलेन्समा राखेर कर्मचारीमार्फत जानकी मन्दिर पछाडि रहेको रामजानकी अस्पतालमा पठाइ दियो। रामजानकी अस्पतालमा पनि बच्चाका बुवा आशिकले अन्य राम्रो ठाउँमा उपचारका लागि लग्‍ने र बच्चा फिर्ता दिन पटक-पटक आग्रह गर्दा पनि यहीं ठिक हुन्छ भन्दै आश्वासन दिए। 

अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको एक लाख दस हजार रुपैया बिल तिर्नुस् अनि मात्रै बच्चा लग्‍न दिन्छु भनेपछि विवाद सुरु भयो।

पीडित आशिकले भने, 'एक त यहाँ गलत उपचार गरेर बच्चाको अवस्था गम्भीर बनाइ दियो, फेरि कमीशनको चक्करमा यहाँका चिकित्सक र व्यवस्थापकले रामजानकी अस्पतालमा पठाइ दियो। हामीलाई यहाँ सुरुमै बच्चाको अवस्था गम्भीर छ भनी रेफर पुर्जी दिइ दिएको भए धरान, काठमाडौं वा भारत नै राम्रो उपचारका लागि लग्‍न सक्थेँ, तर पैसा कमाउने चक्करमा यी अस्पतालले मेरो बच्चाको ज्यान लियो।' 

माघ १८ गते बिहानैदेखि पीडीत पक्षका आफन्तहरुले अस्पताल सञ्‍चालक र उपचारमा संलग्‍न चिकित्सकलाई आउन पटक-पटक आग्रह गर्दा पनि नआएपछि तिनीहरुले अस्पताल परिसरमा हो-हल्ला गरेका थिए।

पीडित परिवारले आफूहरुको माग सम्बोधन नभए यो 'अवैध धन्दा गर्ने' अस्पतालविरुद्ध कानुनी उपचार खोज्‍न प्रहरी निकाय र अदालतमा जाने चेतावनी दिए। घटनास्थलमा जानकी प्रहरी चौकीका सईको नेतृत्वमा पुगेको प्रहरी टोलीले पाँच घण्टाको विवादपछि उपचार खर्च मिनाहा गर्ने भन्‍ने दुवै पक्षलाई सहमति गराएर घटनालाई मिलाइयो। 

यी दुई घटना प्रतिनिधिमुलक घटना मात्रै हुन्। जनकपुरधाममा यस्ता घटनाहरु निजी अस्पतालहरुमा महनेपिच्छे दोहरिरहेका हुन्छन्। तर सम्बन्धित निकाय त्यस्ता निजी अस्पतालहरुलाई कारबाही गर्नुको साटो घटनालाई ढाकछोप गर्न अग्रसर रहेको आरोप पीडित पक्षहरुको छ।

जनकपुरधाममा उपचार गराउन आउनेहरु निजी अस्पतालहरुमा मात्र नभइ औषधी पसलहरुमा समेत ठगिने गरेका छन्।बिरामीलाई भनिएको औषधि लुकाउने, अर्को कम्पनीको औषधि दिने, औषधिको मूल्य महँगो लगाउने गरेको गुनासो पीडितहरुले गर्ने गरेका छन्। गुनासोहरु बढ्दै गएपछि पटक-पटक ती औषधी पसलहरुमा अनुगमन त हुन्छन्, तर कारबाही गरिँदैन। जसले मापदण्ड विपरीत सञ्‍चालनमा रहेका औषधि पसलहरु पनि बढ्दै गएका छन्। 

 

प्रकाशित: Feb 05, 2022| 17:45 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।