शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सातजनाको सनाखत

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सातजनाको सनाखत

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

मृत्यु हुनेमा ५ महिला र ३ जना पुरूष छन्। दुर्घटनामा परी ज्यान गुमाउनेमा वसन्ती खड्का (३९), केशरी खड्का (२९), बलबहादुर बुढा मगर (५०), खिम खत्री (३२), नन्दी खड्का (५०), वसन्त खड्का (३९) र एलिना खड्का (१३) छन्। एक जना मृतकको सनाखत हुन सकेको छैन।

जिपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा रिमा जिसि, नरेश खड्का, दलबहादुर खड्का, हरि बुढामगर र सावित्रा जिसी छन्। बेहुला बेहुली दुवै घाइते रहेको बताइएको छ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शुक्रबार राति ओखरपाटामा दुर्घटना भएको हो।

प्रकाशित: Feb 05, 2022| 08:49 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।