शनिबार, मंसिर १३, २०८२

रुस-युक्रेन द्वन्द्व रोक्‍न अपिल गर्दै बुटवलमा प्रदर्शन

रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपिल गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

बुटवल- रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपिल गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ।  

National life

रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न अपील गर्दै समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो। प्रदर्शनपछि बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले रुस र युक्रेनबीच संभावित युद्ध टार्न संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रदर्शनमा नेपाली कांग्रेस क्षेत्रिय सचिव प्रजापाल गिरीले रुस-युक्रेन सम्भावित युद्ध टार्न विश्वभरका राजनीतिक दलहरुले समेत दुबै देशलाई दवाव दिनुपर्ने धारणा राखे। उक्त अवसरमा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनाल, सचिव कपिल ज्ञवालीले विश्वमा शान्ति कायम हुँदा नेपालमा पनि त्यसको असर पर्ने बताए।

प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रबर्द्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित 'युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ', 'युद्धमा सवैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ' लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रकाशित: Feb 03, 2022| 17:40 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।