बुटवल– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन) लुम्बिनी प्रदेशले भौतिक रुपमा विद्यालय सञ्चालनको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार प्याब्सन लुम्बिनी प्रदेशले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुुझाउँदै विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रह गरेको हो। कोरोनाको तेस्रो लहरको निहुँमा विद्यार्थीको पढाइ प्रभावित नपार्न भन्दै विद्यालय सञ्चालनको माग प्याब्सनले गरेको छ।
लामो समयसम्म विद्यालय बन्द भएको खण्डमा त्यसको नकारात्मक असर बालबालिकामा पर्ने भन्दै सचेत हुन प्याब्सनको ज्ञापनपत्रमा भनिएको छ। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री केसीले बालबालिकालाई खोप लगाइसकेपछि शैक्षिक क्षेत्र सुचारु गर्नुपर्नेमा जोड दिएका थिए।
प्याब्सन प्रदेश कमिटीले विद्यालय सञ्चालनका लागि ७ वटा सुझाव पनि सरकारलाई दिएको छ।