शनिबार, मंसिर १३, २०८२

टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुईजनाको मृत्यु

बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। घरको आँगनमा आगो तापिरहेका बेला उनीहरुलाई टिपरले ठक्कर दिएको हो। 

National life

मृत्यु हुनेमा ४५ वर्षीय रामु थारु र सोमबहादुर बिक छन्। सोमबार साँझ आँगनमा आगो तापिरहेका उनीहरुलाई एक्कासि टिपरले ठक्कर दिएको थियो। सोमबहादुर घटनास्थलमै र रामुको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनमा तीनजना घाइते भएको बताइएको छ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार घाइते हुनेमा स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११का १९ वर्षीय लक्ष्मण सुनार छन्। लक्ष्मण टिपरका सहचालक हुन्।

भे १ क १४९५ नम्बरको टिपर सुर्खेतबाट जमुनी बर्दियाको भित्री सडकतर्फ गइरहेको थियो। टिपर चालक ३३ वर्षीय दुर्गा विक प्रहरीको नियन्त्रणमा छन्। प्रहरीका अनुसार टिपर अनियन्त्रित भई सडक किनारमा पुगेको थियो। चालक बिकले मादक पदार्थ सेवन गरर टिपर चलाएको पाइएको छ। टिपरको मेकानिकल परीक्षण गरेपछि थप कुरा थाहा हुने प्रहरीले बताएको छ।

घटनास्थल क्षेत्रका स्थानीय दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै सडकमा उत्रिएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2022| 10:38 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।