शनिबार, असार २०, २०८३

मार्टिनेजको गोलमा कोलम्बियाविरुद्ध अर्जेन्टिनाको जित

अर्जेन्टिनाको घरेलु मैदानमा सम्पन्न खेलमा उसले कोलम्बियाविरुद्ध १-० गोलको जित निकालको हो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जित निकालेको छ। अर्जेन्टिनाको घरेलु मैदानमा सम्पन्न खेलमा उसले कोलम्बियाविरुद्ध १-० गोलको जित निकालको हो।

घरेलु टिमलाई जित दिलाउन लाउतारो मार्टिनेजले एकमात्र गोल गरे। खेलको ३० औं मिनेटमा मार्को एकुन्वाले दिएको पासमा मार्टिनेजले गोल गरेका थिए।

यससँगै उसले १-० गोलको अग्रता गर्दै जित निकालेको हो। खेल अवधिभर ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टतर्फ उसले १६ प्रहार गरेको थियो। तर, अर्जेन्टिनाको बाँकी प्रयास भने सफल भएनन्।

आजको जितसँगै उसले १५ खेलबाट ३५ अंक जोडेको छ भने शीर्षस्थानको ब्राजिलको ३६ अंक छ। कोलम्बिया भने १७ अंकका साथ नवौं स्थानमा छ। १० टिम सम्मिति छनोटबाट चार टिम विश्वकपमा पुग्नेछन् भने पाँचौ स्थानको टिमले अन्तर महादेश छनोट खेल्नु पर्नेछ।

प्रकाशित: Feb 02, 2022| 08:10 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।