शनिबार, असार २०, २०८३

मोरिससविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाल

अघिल्लो खेलमा जस्तै नेपाल आजको खेलमा पनि जितको लक्ष्यमा साथ मैदान प्रवेश गर्नेछ। नेपालले फिफा विन्डोमा अफ्रिकन मुलुकसँग पहिलो आधिकारिक फुटबल खेल्दै एतिहासिक जित निकालेको थियो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेको अफ्रिकन टिम मोरिससले नेपालसँग मंगलबार दोस्रो खेल खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजेबाट सुरु हुनेछ।

अघिल्लो खेलमा जस्तै नेपाल आजको खेलमा पनि जितको लक्ष्यमा साथ मैदान प्रवेश गर्नेछ। नेपालले फिफा विन्डोमा अफ्रिकन मुलुकसँग पहिलो आधिकारिक फुटबल खेल्दै एतिहासिक जित निकालेको थियो।

त्यो जितमा नेपालका फरावर्ड विमल घर्ति मगरले गोल गरेका थिए। उनले खेलको ५५औं मिनेटमा गरेको गोललाई रक्षा गर्दै नेपालले जित निकालेको हो। त्यसैले दोस्रो खेलमा नेपाल दोस्रो जित निकाल्ने दाउमा छ।

नेपाली टिमका अब्दुल्लाह अलमुताइरीले दुई खेलका दुई टिमको निर्माण गरेका थिए। अघिल्लो खेलमा तीन खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए भने दुई नयाँ खेलाडीले डेब्यू गरेका थिए।

डेब्यू गर्नेमा आकाश बुढा मगर र सुजर गुरुङ थिए। यता आफ्ना खेलाडीमा कोभिड १९ को संक्रमण देखिएको कारण अघिल्लो खेलमा मोरिससका चार जनाले मैदान प्रवेश गर्न पाएका थिएनन्।

तर अहिले सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ। यसअघि पोजेटिभ आउनेमा दुई खेलाडी र दुई अफिसियल थिए। आइतबार नै उनीहरुको आइसोलेसनको समय समाप्त भएपछि खेलाडी मैदान फर्किएका छन्।

पोजेटिभ आउने खेलाडीमा हान्स पटाट र वाल्टर सेन्ट मार्टिन थिए। आफ्ना दुई महत्वपूर्ण खेलाडीमा कोभिड लागेको कारण अघिल्लो खेल केहि कमजोर भएको प्रशिक्षक टोनी फ्रांकोइसले बताएका थिए।

प्रकाशित: Feb 01, 2022| 08:18 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।