सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अप्रेसन 'याङ्‍की'पछि उठेको प्रश्नः जेलरमाथि अनुसन्धान नै नगरी मुद्दा किनारा लगाउने कोसिस किन?

Siddartha premir insuranceSiddartha premir insurance

अप्रेसन 'याङ्‍की'पछि उठेको प्रश्नः जेलरमाथि अनुसन्धान नै नगरी मुद्दा किनारा लगाउने कोसिस किन?

सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भिर प्रश्न उब्जाइदिएको छ।
 |  बिहीबार, माघ १३, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बिहीबार, माघ १३, २०७८

बुटवल– दाङको घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। यसअघि नै कर्तव्य ज्यानको मुद्दामा कारगार चलान भइसकेका परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउनुले उनलाई खासै असर पर्दैन। 

triton college

तर, सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ। कारागार चलान हुने व्यक्तिमा आपराधिक मनोवृत्ति हुने कुरा त्यति नौलो कुरा होइन तर, कारागार प्रमुख (जेलर) र सुरक्षामा खटिएका प्रहरी नै संलग्न भएको अनुसन्धानमा भेटिनुलाई प्रहरी अधिकृतहरुले नै आश्चर्य मानेका छन्।

गत पुस ८ गते भागेका यमराजलाई जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले डीएसपी मुकुन्द रिजालको कमाण्डमा खटाएको याङ्की अप्रेसनमार्फत पक्राउ गर्न सफल भएको थियो। प्रहरीले माघ १० गते नेपाल–भारतको सीमा क्षेत्र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाका क्षेत्रबाट फरार कैदी परियारलाई समात्न सफल भएको थियो। 

प्रहरीले पक्राउ गरेपछि यस मुद्दाको किनारा लगाउने काम सम्बन्धित कारागार र जिल्ला अदालतको हुन्छ। परियार फरार हुनुुमा घोराही कारागारका जेलर युवराज परियार र सुरक्षाकर्मीको पनि भूमिका देखिन्छ। तर, यस घटनामा कारागार आफैंले अनुसन्धान गर्ने हुँदा जेलरसहित अन्यलाई अनुसन्धानको दायरामा नल्याएरै मुद्दा किनारा लगाउने कोसिस भइरहेको स्रोतले बताएको छ। 

यमराजको बुधबार (माघ १२) गते जिल्ला अदालतमा भएको थुनछेक बहसमा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए। तर, घटनासँग सम्बन्धितलाई पनि यसअघि नै अदालतले आवश्यक पर्दा आउने गरी छाडेको छ। 

Metro Mart
vianet
सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भिर प्रश्न उब्जाइदिएको छ। 

जेलर युवराजलाई अदालतले खोजेको बेला उपस्थित हुने गरी गत पुस १६ गते नै छोडिएको थियो। कारागार विभागकै महानिर्देशकको दबाबमा जेलरमाथि मुज्ञा नचलेको प्रहरी स्रोतले बताउँदै आएको छ। युवराज घोराही कारागारबाट सरुवा भएर जिल्ला प्रशासन कार्यालय रोल्पा पुुगेका छन्। घोराही कारागारमा तुलसीपुर कारागारको समेत प्रमुख (जेलर) रहेका अमरबहादुर ओलीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ। 

कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियार
त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन्। छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यमराजलाई प्रहरी जवान धनबहादुर चौधरीले गत पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल गएका थिए। दुवैजना अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका थिए। होटलमा युवतीसँग यौन सम्पर्कमा भुलाएर चौधरीकै मोटरसाइकल लिएर युवराज फरार भएका थिए। घटनामा संलग्नको आरोपमा होटल व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजञ्य खनाल र घोराही उपमहानगरपालिका–१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोडेको छ। 

अनुसन्धानमा प्रहरी आशंका 

फिल्मी शैलीमा भागेका कैदी युुवराजका कारण प्रहरीले निकै धेरै दबाब झेल्नुपर्यो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेको निकै आलोचना भयो। कारागारको कैदी त्यो पनि प्रहरीकै मोटरसाइकलमा भागेपछि दबाब आउनु स्वाभाविक पनि हो। त्यही दबाबका बीच एसपी काफ्लेले प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको कमाण्डमा अप्रेसन टोली खटाए, जसको नाम थियो याङ्की।  

३२ औं दिन (माघ १०) गते प्रहरीले फरार कैदी यमराजलाई पक्राउ गर्यो। फिल्मी शैलीमा फरार भएका कैदीलाई प्रहरीले पनि फिल्मी शैलीमै पक्राउ गरेको हो। भागेका कैदीलाई पक्राउ गरेपछि प्रहरीको प्रशंसा पनि भइरहेको छ। तर, प्रहरीले फरार कैदी पक्राउ गरेर कारागारलाई अनुसन्धानको जिम्मा लगाएपछि कसरी भाग्यो भन्ने पाटो ओझेलमा पर्ने त होइन भन्ने शंका छ। ‘कारागारका नाइके समेत रहेका यमराज फरार हुनुमा कारागार प्रशासनले दिएको सुविधा, स्वतन्त्रता र उन्मुक्ति हो, त्यसैले यसको कारण पनि पत्ता लगाउन जरुरी छ,’ याङ्की अपरेसनका नेतृत्वकर्ता तथा डीएसपी मुकुन्द रिजालले भने। उनले आफूहरुले यमराजलाई पक्राउ गरेर कारागारको जिम्मा लगाएकाले उसले गर्ने अनुसन्धानले त्यसको कारण पत्ता लगाउनुपर्ने बताए। 

कारागार ऐन २०१९ अनुसार थुनुवा कैदी भगाएको वा भागेको मुद्दा मामिला हेर्ने जुन इलाकाको कारागार हो, त्यहि वा त्यहि इलाकाको अदालतले हेर्ने उल्लेख छ। सोही अनुसार अनुसन्धान मुद्दा अघि बढेको छ। 

फरार कैदी पक्राउ परेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिँदै प्रहरी
कैदीका नाइके बनाइएका यमराजलाई बैंक खाता खोल्ने, एटिएम चलाउने, २४ सै घण्टा मोबाइल फोन बोक्ने लगायतका सुविधा समेत कारागार प्रशासनले दिएको थियो। कुनै पनि कैदी बन्दीले बैंक खता खोल्न नपाउने भए पनि यमराजले घोराहीस्थित माछापुच्र्छ्रे बैंकमा खाता खोलेर एटीएम समेत चलाउँदै आएका थिए। मानिसहरुसँग सहजै भेटघाटको स्वतन्त्रता समेत दिइएको थियो। जेलर युवराज परियारसँगको सम्बन्धका कारण आवश्यकता भन्दा बढी स्वतन्त्रता दिँदा प्रहरीलाई समेत फकाएर भाग्न सफल भएको सुरक्षा स्रोतले जनाएको छ। यमराज फरार हुनुमा ठूलो आर्थिक चलखेल भएको चर्चा छ।

कारागार ऐन २०१९ अनुसार थुनुवा कैदी भगाएको वा भागेको मुद्दा मामिला हेर्ने जुन इलाकाको कारागार हो, त्यहि वा त्यहि इलाकाको अदालतले हेर्ने उल्लेख छ। सोही अनुसार अनुसन्धान मुद्दा अघि बढेको छ। 

प्रहरी अधिकारीहरुले लाखौंको चलखेल भएको तर, यो विषयमा अनुसन्धानको पाटो फितलो हुनसक्ने आशंका गरेका छन्। प्रहरी अधिकारीहरुले निजामती र प्रहरीमाथि गरिने व्यवहार नै फरक हुुँदा प्रमुख व्यक्ति अनुसन्धानको दायरामा नआउने वातावरण बनेको बताएका छन्। तर, कारागारको समेत रेखदेख गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिरामी भएपछि उपचारका लागि अनुमति दिँदैमा गल्ती नै भयो भनेर भन्न नसकिने बताए। उनले सुरक्षाकर्मीसँगै पठाएकाले लापरवाही देखिएको स्वीकार गरे। ‘उपचार गर्न दिने कुरा स्वाभाविक हो, जेलरले अनुमति दिनुपर्छ। तर, सँगै गएको प्रहरी जवानको लापरवाही देखियो,’ उनले भने। उनले कारगार, सरकारी वकिल कार्यालयले अनुसन्धान गरिरहेकाले प्रमाण खुल्दै जाँदा अनुसन्धानको दायरामा आउने बताए। 

फरार भएका यमराजलाई पुुर्पक्षका लागि थुनामा राखेर थप अनुसन्धान चल्ने भएकाले सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याउने घोराही कारागारका निमित्त प्रमुख अमरबहादुर ओलीले बताए। 

रुप बदलेर फरार 

काराकारमा नाइके भएका परियारले त्यतिबेला (पुस ८) कपाल र दाह्री लामो पालेका थिए। प्रहरीलाई झुक्याएर फरार भएका परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो। उनी बस्न सक्ने सम्भाव्य स्थानहरु, उनले प्रयोग गर्ने फोन, भाइबर लगायतका एप्सका माध्यमबाट यमराजको लोकसन पत्ता लगाइएको प्रहरीको भनाइ छ। पहिले दाह्री र कपाल लामो पालेका परियारले कपाल र दाह्री फालेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो।

कारागारमा रहँदा राम्रो छवि बनाएर नाइके बनेका परियारलाई बजार आउजाउ गर्न छुट थियो। कारागारका कैदीहरुका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मेवारी पनि उनलाई दिइएको थियो।  एकजना प्रहरीलाई साथमा लगेर उनी जहाँ पनि जान सक्थे। नाइके भएका कारण पाएको सुविधालाई दुरुपयोग गरेर परियार भाग्न सफल भएका थिए। राजपुर गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका २९ वर्षीय यमराज गएको पुस ८ गते बिहान ११ बजे छाला सम्बन्धि बिरामी भई उपचारको लागि जाने भन्दै कारागारबाट निस्केका थिए।

घोराही बजारको बिपी चोकस्थित एक होटलमा खाजा खाने क्रममा उनीसँगै उपचारको लागि अस्पताल ल्याउन–लैजान भनी खटिएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिई फरार भएका थिए। परियारले प्रयोग गरेको मोटसाइकल लमहीको बेलदमार जंगलमा फेला परेको थियो। परियारले धनबहादुरलाई एक युवतीसँग कोठामा थुनेर उनकै मोटसाइकल लिएर फरार भएका हुन्। 

कारागारमा रहँदा राम्रो छवि बनाएर नाइके बनेका परियारलाई बजार आउजाउ गर्न छुट थियो। कारागारका कैदीहरुका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मेवारी पनि उनलाई दिइएको थियो।

भारत छिर्ने क्रममा फरार कैदी परियारले नयाँ मोबाइलमा करिब १० वटा सिम प्रयोग गरेको र उनलाई पछ्याउने क्रममा प्रयोग गरेको भाइबर, ह्वाट्सएपसहित नयाँ सूचना प्रविधि प्रयोग गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए। याङ्की अपरेसन मार्फत प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत भारतीय प्रहरी समकक्षीहरुसँगको निरन्तरको समन्वयमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्। 

प्रेमिकाको हत्या मुुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए। कानुुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजाय गर्ने व्यवस्था गरिएको छ। 

प्रकाशित: Jan 27, 2022| 16:22 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।