भोपाल- मुटुलाई प्राणीको मनका रूपमा परिभाषित गर्ने गरिन्छ । अर्थात्, दया, माया, स्नेह, पीडालगायत सबै भावना मुटुसँगै जोडिएका हुन्छन् । हरेक प्राणीको मुटु शरीरको बायाँ भागमा हुन्छ । भारत मध्यप्रदेशको खरगोन जिल्लाका एक बालकको मुटु भने दायाँ भागमा छ ।
खरगोनको आशापुर गाउँका १२ वर्षे भगत सिंहको मुटु दायाँपट्टि छ र त्यसमाथि प्वाल पनि परेको छ । त्यसका कारण उनलाई सधैं रुघाखोकी र श्वास–प्रश्वासका समस्याले सताउँछन् । दायाँपट्टि मुटु भएका मानिस लाखौंमा एक जना मात्र जन्मिने चिकित्सकहरू बताउँछन् ।
ज्यान गुमाउन सक्ने जोखिमका कारण उनको शल्यक्रिया हुन सकेको छैन । तर, जोखिम हुँदाहुँदै पनि उनको परिवार शल्यक्रियाको तयारीमा जुटेको छ ।
बालरोग विशेषज्ञ डा. दिव्येश बर्माका अनुसार तत्काल शल्यक्रियाको तयारी भइरहेको छ । उनका अनुसार यस प्रकारको बिरामीलाई चिकित्सा भाषामा ‘डेस्टो कार्डियो विथ पिजन चेस्ट’ भनिन्छ । विज्ञान र चिकित्साशास्त्रमा शल्यक्रिया सम्भव त छ तर यसमा धेरै जोखिम छ ।
भगत सिंहको छाती अगाडि निक्लेको देखिन्छ । वास्तविक र सामान्य मानिसको भन्दा अनौठो देखिन्छ, उनको छाती । उनलाई रुघाखोकी र श्वास–प्रश्वासको समस्याबाहेक सम्हालिन गाह्रो हुनेगरी अन्य समस्या भने देखापरेका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४