बुटवल- राष्ट्रियसभा निर्वाचनका लागि दाङ जाँदै गर्दा प्रदेश सांसद र जनप्रतिनिधि सवार गाडी दाङमा दुर्घटना भएको छ। बुधबार बिहान साँढे ८ बजेतिर दाङ धाखोला र भालुवाङकोबीचमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाडीमा सवार लुम्बिनी प्रदेशका सांसद तुल्सि चौधरी, गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी र उपप्रमुख शान्ता ज्ञवाली घाइते भएका छन्।
प्रदेश सांसद चौधरीको हात भाँच्चिएको छ। अन्य दुई जनालाई सामान्य चोट मात्रै लागेको गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले जानकारी दिए। उपचार पश्चात् मतदानका लागि घोराही तर्फ हिँडेको अध्यक्ष चौधरीले बताए।