सोमबार, माघ १२, २०८२

रुपन्देहीको देवदहमा आमाछोरीको हत्या

मंगलबार दिउँसो रुपन्देहीको देवदह जंगलमा मृत अवस्थामा भेटिएका आमाछोरीको हत्या भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, माघ ११, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, माघ ११, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल– मंगलबार दिउँसो रुपन्देहीको देवदह जंगलमा मृत अवस्थामा भेटिएका आमाछोरीको हत्या भएको प्रहरीले जनाएको छ।

देवदह ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा चक्कुले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो। हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले दुवैको घाँटीमा चक्कुले रेटेको देखिएकाले हत्या  नै भएको पुष्टि गरे। ‘महिला र बालिकाको घाँटी चक्कुले रेटेर हत्या गरेको देखिन्छ,’ केसीले भने। घटनास्थलमा तरकारी काट्ने चक्कु भेटिएको छ।

‘अन्य कुनै पनि सामानहरु छैन, झोला वा अन्य कागजपत्र नहुँदा शवको पहिचान गर्न सकिएन,’ उनले भने। हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। घटना १२ घण्टा अघिको आसपासमा भएको प्रहरीले जनाएको छ। 

‘हामीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएका छौं,’ डिएसपि केसीले भने। मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार तराई मूलको जस्तो देखिने महिला अन्दाजी ३२ वर्ष र बालिका अन्दाजी ७ वर्षकी छन्। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रकाशित: Jan 25, 2022| 17:27 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।