आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुलिसको पेचिलो बलिङसामु अन्तिममा सम्हालिँदै एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

पुलिसको पेचिलो बलिङसामु अन्तिममा सम्हालिँदै एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेलमा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिडिरहेका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं– जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेलमा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिडिरहेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलको सुरुमा पुलिसको बलिङसामु एपीएफ निरिह रह्यो।

National life

एपीएफका लोकेश बमले चाहिँ २७ रन बनाए। उनीबाहेक टप अर्डरमा र ओपनिङ ब्याटिङमा आएका कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

अघिल्लो दिनको खेलमा १५० रनको साझोदारी गरेका प्रदिप ऐरी र आशिफ शेखले बुधबार १२ रनको मात्र साझेदारी गर्न सके। जहाँ दोस्रो ओभरको दोस्रो बलमै गुल्सनल झाको बलबाट आशिफ आउट हुँदा उनले ९ रन मात्र जोड्न सके।

तेस्रो नम्बरमै मैदान प्रवेश गरेका लेकेश बमले तीन छक्का र एक चौका प्रहार गरे।

त्यस्तै, दिपक बोहराले छ रन बनाउँदा सन्दिप जोराले २४ रनको योगदान दिए। मैदानमा पहिलो बेलमै पुरन बिके दिपेन्द्र सिंह ऐरीको बलबाट आउट भएपछि कप्तान शरद भेषाकवकर ब्याटिङका लागि मैदान छिरेका थिए।

Laxmi sunrise bank
kumari

खेलमा ४३ रनमा दुई विकेट गिरेको अवस्थाबाट धरमराएको एपीएफलाई कप्तान भेषावकरले केही लामो साझेदारीका लागि सहयोग गरे। भेषावकरले ६.२ ओभरमा पाँच विकेट गुमाएर ६२ रन बनाएको अवस्थाबाट खेललाई अघि बढाएका थिए।

छ ओभर दुई बलबाट सुरु भएको त्यो पार्टनरसिपले एपीएफलाई १०.४ ओभर र ८१ रनसम्म पुर्याएको थियो। त्यसपछि भुवन कार्की र भेषावकरको साझेदारी २३ रनसम्म चल्यो। त्यसैले अन्तिम समयमा एपीएफले केही सम्हालिएर खेल्दै १५७ रन जोड्न सफल भएको थियो।

अन्तिममा अमर रौटेलाले १५ बलमा २९ रन बनाएका थिए भने त्यसअघि भुवनले १७ रन जोडे। त्यस्तै कप्तान भेषावकरले १९ रन जोडे। बलिङतर्फ पुलिसका सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट नै लिए। गुल्सनले दुई विकेट गिराए।

यससँगै दिपेन्द्रले जारी प्रतियोगितामा १३ विकेट पुर्याएका छन्। पहिलो र दोस्रो खेलमा सुदूरपश्चिम र आर्मीविरुद्ध समान १–१ विकेट लिएका दिपेन्द्रले कर्णाली र प्रदेश १ विरुद्ध समान २–२ विकेट गिराएका थिए।

त्यस्तै, उनले बागमती प्रदेशविरुद्ध पाँच विकेट लिँदा फाइनल खेलमा पनि तीन विकेट लिए। आजको खेलमा एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर एपीएफले पुलिसलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

प्रकाशित: Jan 19, 2022| 11:59 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।