काठमाडौं– जारी प्रधामन्त्री कप क्रिकेटको फाइनलमा विभागीय टिम पुलिस र एपीएफको खेल सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सुरु भएको खेलका लागि पुलिसले टस जितेर पहिले ब्याटिङको लागि एपीएफलाई बोलाएको छ।
यता पुलिसले भने बलिङ सुरु गरेको छ। एपीएफका प्रदीप ऐरी र आशिफ शेखले ब्याटिङ सुरु गरेका छन्। उनीहरुले हिजोको सेमिफाइनल खेलमा १५० रनको साझेदारी गरेका थिए।