काठमाडौं- इटालियन क्लब युभेन्टस कोप्पा इटालियाको क्वार्टरफाइनलमा पुगेको छ। इटालीमा मंगलबार राति सम्पन्न खेलमा साम्पोडियालाई हराउँदै इटालीले अन्तिम आठको यात्रा तय गरेको हो।
खेलमा युभेन्टसका लागि जुवन कुवाड्राडो, डेनियल रुआनि, पाउलो डिबाला र अल्भेरो मोराटाले समान १-१ गोल गरेका थिए। यता साम्दोरियाका आन्द्रेय कोन्टीले पनि एक गोल फर्काएपछि युभेन्टसले ४-१ गोलको जित निकालेको हो।
अब क्वर्टरफाइनलका खेल फेब्रुअरी ९ देख सुरु हुनेछ। यसअघिको खेलबाट एसी मिलान, लाजियो, फियोरेन्टिना र एटलान्टा अन्तिम आठमा पुगिसकेका छन्। प्रतियोगितामा आज राति ससुओलोले क्यालिग्रिको सामना गर्नेछ भने इन्टर मिलानले इम्पोलीको सामना गर्नेछ।