आइतबार, मंसिर ७, २०८२

पीएम कपको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

सेमिफाइनल खेलमा प्रदेशिक टिममध्येको बलियो बाग्मतिलाई हराएर पुलिस सेमिफाइनलमा पुगेको थियो। त्यस्तै, अर्को विभागीय टिम आर्मीविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- पाँचौ संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटको फाइनलमा बुधबार विभागीय टिम नेपाल पुलिस क्लब  र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन्।

National life

सेमिफाइनल खेलमा प्रदेशिक टिममध्येको बलियो बागमतिलाई हराएर पुलिस सेमिफाइनलमा पुगेको थियो। त्यस्तै, अर्को विभागीय टिम आर्मीविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ।

जारी पीएम कपमा पुलिसले समूह चरणको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा आर्मीलाई चार विकेटले हराएको पुलिसले तस्रो खेलमा कर्णालीलाई ८९ रनले सहजै हरायो।

तीन खेलमा अपराजित यात्रा गरेको पुलिसले चौथो खेलमा बाग्मति प्रदेशमाथि जित निकाल्दै समूह विजेता भएर सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा पुलिसले बागमतिमाथि जित निकालेको हो।

यता पीएम कपको पुलिसजस्तै एपीएफ पनि अहिलेसम्म अपराजित नै छ। सेमिफाइनल खेलमा पनि एपीएफले आर्मीमाथि सानदार जित निकालेको छ। उसले  दुई विकेट मात्र गुमाएर आर्मीलाई २३० रनको ठूलो लक्ष्य प्रस्तुत गरेको थियो।

Laxmi sunrise bank
kumari

जहाँ लोकेश बमले १८ बलमा ६६ रन बनाएका थिए। फाइनलमा पनि पुलिसविरुद्ध त्यस्तै, ब्याटिङ गर्ने लोकेशको लक्ष्य छ। एपीएफकै आशिफ शेख पनि आफ्नो लय कायम राख्नेमा विश्वस्त छन्।

एपीएफले पीएम कपको पहिलो खेलमा प्रदेश नम्बर दुई (मधेस) माथि जित निकालेको थियो। उसले त्यसपछि बागमति, गण्डकी र लुम्बिनी र प्रदेशलाई पनि सहजै हराएर। अपाराजित रहँदै सेमिफाइनल यात्रा गरेको थियो।

सेमिफाइनलमा साविक विजेता आर्मीलाई पन्छाउँदै एपीएफ फाइनल पुग्यो। गत वर्ष एपीएफलाई नै हराएर आर्मीले उपाधि जितेको थियो। त्यसपछि भएको काठमाडौं मेयर कपको फाइनलमा भने पुलिर एपीएफ नै फाइनलमा पुगेको थिए।

सो फाइनलमा पनि एपीएफले हार बेहोरेको थियो भने पुलिसले जित निकालेको थियो। फाइनल खेल त्रिवी क्रिकेट मैदानमा बुधबार १० बजे सुरु हुँदैछ।

प्रकाशित: Jan 19, 2022| 08:50 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।