आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेश : कांग्रेस-एमालेका सांसदले गरे आफ्नै दलको प्रस्तावविरुद्ध मतदान

मधेश प्रदेश : कांग्रेस-एमालेका सांसदले गरे आफ्नै दलको प्रस्तावविरुद्ध मतदान

प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि प्रस्ताव पेश गरेको मधेशको समर्थन प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको थियो।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, माघ ३, २०७८

vianetvianet

जनकपुरधाम- प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि प्रस्ताव पेश गरेको मधेशको समर्थन प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको थियो। 

नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। जसमध्ये ८० जना प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरे। जबकी जसपाको ३९, लोसपा १६ माओवादी केन्द्र ८ गरी कुल ६३ मत हुन आउँछ। एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन समेत मधेशकै पक्षमा थियो। कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको थियो, जुन दुई तिहाई मतभन्दा ६ मत कम थियो। तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीकै केही प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरेपछि ८० मत खसेको हो। 

कांग्रेस, एमाले र नेकपा एसका प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गर्दै आफ्नै दलको प्रस्तावलाई निस्क्रिय बनाउन भूमिका खेलेका थिए। कांग्रेसले मिथिला भोजपुरा, एमाले र नेकपा एसले जानकी प्रस्ताव पेश गरेका थिए। यद्यपि मधेशकै पक्षमा दुई तिहाई मत आएपछि अन्य प्रस्तावहरु स्वतः खारेज भएका छन्।

श्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशको पक्षमा अन्य दलका  प्रदेशसभा सदस्यहरुसँग मतदान गर्न आग्रह गरेका कारणले मधेशको पक्षमा दुई तिहाई मत पुगेको हो।

प्रकाशित: Jan 17, 2022| 18:12 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।