शनिबार, असार २०, २०८३

ए डिभिजन लिग : संकटाको पहिलो हार, अर्को खेलमा आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा संकटा क्लबले पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा संकटाले थ्रिस्टार क्लबसँग १–० गोलको हार बेहोर्दे जारी लिगमा ८ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा संकटा क्लबले पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा संकटाले थ्रिस्टार क्लबसँग १–० गोलको हार बेहोर्दे जारी लिगमा ८ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ।

संकटालाई जित दिलाउन थ्रिस्टारका विजय भुजेलले गोल गरे। खेलको ९० औं मिनेटमा मैदान छिरेका फरवार्ड विजयले स्टपेज टाइमको अन्तिम मिनेटमा गोल गरेर थ्रिस्टारलाई जित दिलाएका हुन्। यससँगै थ्रिस्टार चौथो स्थानमा पुगेको छ भने संकटा पाँचौ स्थानमा छ।

यता त्रिभुवन आर्मी क्लब भने तेस्रो स्थानमा पुगेको छ। आर्मीले आजै भएको खेलमा जित निकालेको होे। उसले तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई ३–१ गोलअन्तरले हराएको छ।

आर्मीलाई जित दिलाउनका लागि सुमन अर्याल, दिनेश हेन्जन र जगजित सिंहले समान १–१ गोल गरे।

पहिलो हाफको १० औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा दिनेश अग्रता दोब्बर बनाए।

२–० ले अघि रहेको आर्मीविरुद्ध ४७ औं मिनेटमा फ्र्न्ड्सका जमल एन्थोनी पउलले गोल गरे। त्यस्तै खेलको ७१ औं मिनेटमा सुमनले गोल गरेपछि अर्मीले ३–१ ले खेल जित्यो।

अहिले लिगमा मछिन्द्र, मनाङ मस्र्याङ्दि, आर्मी, थ्रिस्टार र संकटाको क्रमशः २०, १९, १७, १६ र १४ अंक रहेको छ। यि टिमको लिगको शीर्ष पाँचमा छन्।

प्रकाशित: Jan 15, 2022| 20:12 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।