आइतबार, असार २१, २०८३

एसिया कपको नकआउट चरणमा पुग्ने नेपालको लक्ष्य

यही डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम मंगलबार यूएई प्रस्थान गर्दैछ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– यही डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम मंगलबार यूएई प्रस्थान गर्दैछ।

नकआउट चरण भनेको प्रतियोगिताको सेमिफाइनल हो। ‘हामीले एसिया कपलाई सहभागिताको हिसाबले मात्र लिनु हुँदैन। खेल अनुभव त छँदैछ। सकेसम्म टेस्ट खेल्ने देशहरुलाई पनि आश्चर्यमा पार्ने खेल पस्किने हाम्रो सोचाइ रहेको छ,’ पछिल्लो समयमा नेपाल एसिया कपमा सहाभागी बन्दै मात्र आएको छ। नेपालले यू–१९ एसिया कपमा सम्झनलायक प्रदर्शन गर्न सकेको छैन। यो वर्ष पनि त्यस्तै बन्ने त होइन भन्ने जिज्ञासाको जवाफमा प्रशिक्षक वसन्त शाही भन्छन्, ‘नेपाली टिमले नकआउट चरणमा पुग्ने लक्ष्य राखेको छ।’ 

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, अफगानिस्तान र कुवेत समावेश छन्। यी सबै टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र यूएई छन् भने समूह बीमा बाँकी देशहरु छन्।

त्यसैले नेपाल तुलनात्मक रुपले सजिलो समूहमा परेको विश्लेषण गरिएको छ। विगतका सिजनमा नेपालको समूहमा भारत, पाकिस्तानजस्ता टिमहरु परिरहेका हुन्थे। यो पटक बंगलादेश र श्रीलंका छन्। दुवै टिम टेस्ट मान्यता पाइसकेका टोली हुन्।

‘बंगलादेश विश्वकप च्याम्पियन हो। हामी विश्वकपको डिफेन्डिङ च्याम्पियनसँग खेल्दैछौं,’ शाहीले विपक्षी बलियो रहेको जनाउँदै भने, ‘हाम्रा विपक्षी भारत र पाकिस्तानको तुलनामा कमजोर छैनन्।’ लक्ष्य बलियो लिएको नेपाली टिमको अभ्यास, तयारी र अहिलेको अवस्था चाहिँ कस्तो छ त ? प्रशिक्षक शाहीले नेपाली टिमले थोरै समयमा पनि प्रभावकारी अभ्यास गरेको जनाएका छन्। ‘हामीसँग धेरै समय थिएन। कोभिडका कारणले पनि प्रतियोगिताहरु समयमै हुन सकेनन्। तर हामीले राष्ट्रिय टिममा लगभग २० दिनजति काम गरेका छौं,’ उनले भने, ‘हामीमा विभिन्न कमी कमजोरीहरु थिए। त्यसलाई मिलाएर राम्रो टिम बनाएका छौं।’

नेपाल तुलनात्मक रुपले सजिलो समूहमा परेको विश्लेषण गरिएको छ। विगतका सिजनमा नेपालको समूहमा भारत, पाकिस्तानजस्ता टिमहरु परिरहेका हुन्थे। यो पटक बंगलादेश र श्रीलंका छन्। दुवै टिम टेस्ट मान्यता पाइसकेका टोली हुन्।

नेपाली टिमलाई बलियो बनाउने सबैभन्दा मुख्य कुरा त पछिल्लो राष्ट्रिय प्रतियोगिता नै हो। ‘पहिलो पटक सातै प्रदेशको राउन्ड रोविन लिगमा खेल भयो। त्यसले तयारीमा सहयोग गर्यो,’ क्यानले आयोजना गरेको यु–१९ पुरुष राष्ट्रिय क्रिकेटलाई संकत गर्दै भने, ‘त्यसपछि हामीले पछिल्लो दुई खेल नेपाल पुलिस टिम र एपीएफ टिमसँग खेल्यो। त्यसले पनि खेलाडीमा हौसला मिलेको छ।’

अहिले नयाँ टिम छ। त्यसका युवा बलर गुल्सन झाले भने सिनियर टिममा खेलिसकेका छन्। बाँकी खेलाडीले अन्तर्राष्ट्रिय खेल्न बाँकी छ। यस्तो टिमको कुन पक्ष राम्रो होला त? उत्तरका लागि मंसिर ७ देखि १९ सम्म चलेको यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुग्नुपर्छ। त्यो प्रतियोगितामा नेपाली टिमको ब्याटिङ निकै चलेको थियो। त्यसैले नेपाली टिममा ब्याटिङ पक्ष राम्रो रहेको प्रशिक्षक शाही बताउँछन्। भन्छन्, ‘घरेलु प्रतियोगिता हेर्दा ब्याटिङ राम्रो देखिन्छ। ब्याटिङ कमजोर भनेर सधैं आलोचित हुन्थ्यौं तर यो पटक ब्याटिङ राम्रो छ। बलिङमा चाहिँ केही वर्कआउट गर्नु पर्नेछ।’

अहिलेको टिममा ओपनिङमै तीन खलाडी छन्। त्यसैले ओपनिङ गर्ने खेलाडीले टप अर्डरमा खेल्न सक्ने भएकाले स्लट मिलाउन समस्या नहुने शाही बताउँछन्। यू १९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी हुन् देव खानाल। उनले नै यू १९ टिमको कप्तानी पनि गर्नेछन्। ‘राष्ट्रिय प्रतियोगिता भएपछि हामीले राष्ट्रिय टिमको क्याम्प सुरु गर्यौँ। क्याम्पमा धेरै सिक्न मिल्यो। सबैले राम्रो एफर्ट दिएका छन्,’ तयारी र टिमको अवस्थाबारे उनले भने।

यु–१९ राष्ट्रिय टिमका कप्तान देव खनाल
उनले पहिलो पटक नेपाली टिमको कप्तानी गरिरहेका छन्। त्यसलाई दबाबका रुपमा नभएर अवसरका रुपमा देवले लिएका छन्। ‘अवसर पनि हो। जे होस् नेपालको लागि राम्रो गर्ने। पहिलेदेखिकै सपना छ। त्यहाँ गएर पनि राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने।

धेरै नेपाली खेलाडीहरुले पहिलो पटक विदेशको यात्रा गरिरहेका छन्। त्यसैले कप्तानका हिसाबले उनलाई टिमको सन्तुलन मिलाउन चुनौती पनि छ। तरपनि सबै खेलाडी उत्साही रहेकाले त्यो चुनौती नभएको देवको ठम्याइ छ। ‘सबै खेलाडी उत्साही छौं। यहाँ खेलेको जस्तै सबैलाई राम्रो गर्ने उत्साह पनि छ। यसअघि सबैभन्दा राम्रो प्रदर्शन गर्दै आइरहेका पनि छन्,’ देवले भने, ‘हामी सहभागी मात्र बन्दैनौँ, राम्रो क्रिकेट खेलेर आउँछौं भन्ने विश्वास सबैमा छ।’

उसो भए नेपाली टिमको लक्ष्य के हो त? देव भन्छन्, ‘टिमका हिसाबले, एक खेलाडीका हिसाबले फाइनल जित्ने नै हुन्छ। कुन टिमसँग खेलिरहेको छ, कुन प्रतियोगिता खेलिरहेको छ भन्दा पनि यो ब्याट र बलको खेल हो जसले राम्रो गर्छ उसले जित्छ।’

देवले नेपालमा सम्पन्न प्रतियोगितामा चार अर्धशतक प्रहार गरिसकेका छन्। उनको खेललाई धेरैले तारिफ गरेका छन्। उनले त्यो लय विदेशमा पनि कायम राख्ने विश्वास लिएका छन्। ‘आत्मविश्वास राम्रो छ। यहाँको जस्तै प्रदर्शन नेपालका लागि पनि गर्छु भन्ने छ,’ उनले अन्तिममा भने।

प्रकाशित: Dec 21, 2021| 06:25 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।