आइतबार, चैत ३, २०८१

जबरजस्ती करणी मुद्दाको धम्की दिएर ठगी गर्ने पक्राउ

जबरजस्ती करणीको मुद्दा लगाइदिन्छु भनी ठगी गरेको आरोपमा सप्तरीमा एक महिला र एक पुरुष पक्राउ परेका छन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

जनकपुरधाम– जबरजस्ती करणीको मुद्दा लगाइदिन्छु भनी ठगी गरेको आरोपमा सप्तरीमा एक महिला र एक पुरुष पक्राउ परेका छन्।

health

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

दुवैजनालाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको प्रवक्ता काफ्लेले जनाएका छन्। रुबिना खातुन र रहमान मिया मिलेर पीडितसँग एक लाख ठगी गरेको बताइएको छ।

रुबिना खातुनले आफ्नो मोबाइलबाट खडक नगरपालिका वडा नम्बर ९ का समसुल मियाकी श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो लोग्नेले मलाई जबरजस्ती करणी गरेको छ, मुद्दा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुपर्छ भनी बार्गेनिङ गरेकी थिइन्।

रुपैयाँ नदिए जबरजस्ती करणी मुद्दा लगाई श्रीमानलाई जेल पठाइदिन्छु भनेर रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। रुबिनाले गुलेसासँग २ लाख बार्गेनिङ गरी मंसिर १० गते १ लाख रकम लिई ठगी गरेको प्रवक्ता काफ्लेले जनाएका छन्।

प्रकाशित: Dec 19, 2021| 17:35 आइतबार, पुस ४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।