सोमबार, चैत ४, २०८१

सिरहामा छुरा हानाहान हुँदा एक जनाको मृत्यु

सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

health

गोलबजार नगरपालिका–६ गोलबजारमा दुई पक्षबीच झडप हुँदो छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

शनिबार राति भएको घटनामा गम्भीर घाइते भएका सदालाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।‍ घटनामा गम्भीर घाइते भएका निकेश सदाको पनि उपचार भइरहेको छ। 

घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।  दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेका छन्। घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Dec 19, 2021| 13:09 आइतबार, पुस ४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।