बुधबार, जेठ २०, २०८३

जनकपुरमा खोप भण्डारण गृह उद्घाटन, प्रयोगशाला भवन शिलान्यास

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृहको उद्घाटन गरेकी छिन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

जनकपुरधाम– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृहको उद्घाटन गरेकी छिन्। खोप भण्डारण गृह उद्घानसँगै उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मेडिकल स्टोर भवनको पनि शिलान्यास गरेकी छन्।

National life

जनकपुरधामस्थित मुजेलीयामा सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले ती भवन निर्माण गर्न लागेको हो।

कोरोना विरुद्धको खोप भण्डारण गृह निर्माणका लागि ७७ लाख ३४ हजार ७५ रुपैया भ्याट सहित ज्ञान ज्योति विल्डर्स प्रा लि कोटेश्वर, काठमाडोंले निर्माण कार्य सम्पन्न गरेको छ। 

त्यस्तै प्रदेश मेडिकल स्टोर निर्माण कार्यका लागि चार करोड ४२ लाख २९ हजार ६ सय ४३ रुपैयाँ भ्याट सहितको लागतमा नागार्जुन हेम सावित्रीले निर्माण गर्ने ठेक्का पाएको छ । सो भवनको निर्माण कार्य २०८० वैशाख ८ गतेमा सम्पन्न गर्नु पर्ने सम्झौता भएको छ । 

त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि ७ करोड २७ लाख ३ हजार ९ सय २६ रुपैयाँ भ्याट सहित बानिया ÷ सुगम जे भी जनकपुरले ठेक्का पाएको संघीय आयोजना कार्यान्वयन इकाई, जनकपुरधामले जनाएको छ । सो भवनको निर्माण कार्य २०८० वैशाख ९ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएको छ ।

Shivam cement

प्रकाशित: Dec 15, 2021| 12:15 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।