बुधबार, जेठ २०, २०८३

रामजानकीको स्वयंवर सम्पन्‍न, आज राति नै विवाह

विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयंवर सम्पन्‍न भएको छ। राम जानकीको स्वयंवर हेर्नका लागि श्रद्धालुहरुको निकै ठूलो भिड देखिएको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

जनकपुरधाम- विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयंवर सम्पन्‍न भएको छ। राम जानकीको स्वयंवर हेर्नका लागि श्रद्धालुहरुको निकै ठूलो भिड देखिएको छ।

National life

स्वयंवरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो। 

जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए। राम मन्दिरका डोलासँगै अयोध्याबाट आएका जन्तीहरू पनि सहभागी थिए।

स्वयंवरका क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाई विशेष पूजा गरे। पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो।

स्वयंवरपछि जनकपुरका अधिकांश मन्दिरका झाँकीहरूसहित जनकपुरधाममा शोभायात्रा निकालियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरिएको थियो। सीता–राम विवाह कार्यक्रम आज राति जानकी मन्दिरको प्राङ्गणमा सम्पन्‍न हुनेछ। 

Shivam cement

प्रकाशित: Dec 08, 2021| 17:10 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।