बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदाता नामावली संकलन नहुँदा निर्वाचन तालिका प्रभावित

कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदाता नामावली संकलन नहुँदा निर्वाचन तालिका प्रभावित

प्रदेश २ का आठवटै जिल्लाका मतदाता नामावली प्राप्त हुन नसकेकाले नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

जनकपुरधाम- प्रदेश २ का आठवटै जिल्लाका मतदाता नामावली प्राप्त हुन नसकेकाले नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको छ। 

National life

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत रजिष्ट्रेशन समितिले एक सूचना जारी गर्दै  प्राविधिक कारणले नाम दर्ताको कार्य स्थगित गरिएको जनाएको छ। नाम दर्ताको कार्य प्रभावित भएसँगै नेपाली कांग्रेस प्रदेश २को अधिवेशन समेत प्रभावित हुने देखिएको छ । 

प्रदेश २ को कांग्रेसको केही जिल्लामा वडा तथा क्षेत्रीय अधिवेशनहरुमा विवाद कायमै रहेकाले प्रदेश अधिवेशन प्रभावित हुने देखिएको छ। प्रदेश २को महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको मतदाता नामावली आउन नसकेको रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए। 

'नेपाली कांग्रेस प्रदेश २को अधिवेशनका लागि अहिलेसम्म निर्वाचन तालिका समेत सार्वजनिक हुन सकेको छैन,'उनले थपे। निर्वाचन तालिका केन्द्रबाटै पठाइने र सोही अनुरुप निर्वाचन कार्यक्रम अगाडी बढाइने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।


Shivam cement

प्रकाशित: Dec 03, 2021| 13:49 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।